१५ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको विधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित



अ+ अ-

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिले विधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गरेको छ । पार्टीको आसन्न एकता महाधिवेशनलाई भव्य र सफल बनाउन नेता तथा कार्यकर्ताबाट आएका सुझावलाई समावेश गरी विधानमा आवश्यक विषयवस्तु परिमार्जन गरिएको नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।  

    यही मङ्सिर १५ देखि १७ गतेसम्म काठमाडौँमा हुन लागेको अधिवेशनमा केन्द्रीत रहेको उक्त बैठकमा अधिवेशनलाई व्यवस्थित बनाउने निर्णय भएको छ । देशविदेशबाट अधिवेशनमा सहभागी हुन आउने विभिन्न पाहुना तथा प्रतिनिधिको व्यवस्थापन, अधिवेशनका लागि गठन गरिएका विभिन्न समितिका कार्यप्रगतिबारे पनि समीक्षा गरिएको छ । करिब दुई वर्ष अगाडि राप्रपा र राप्रपा (संयुक्त) एकता भएपछि अन्तरिम विधानले सञ्चालन भएको उक्त पार्टीले पहिलोपटक एकता महाधिवेशन गर्न लागेको छ ।