२७ मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालयलाई एक करोड सहयोग



अ+ अ-

वामी । गुल्मीको सत्यवती गाउँपालिका–४ लिम्घास्थित सरस्वती माध्यमिक विद्यालयको हीरक महोत्सवले पर्याप्त आर्थिक स्रोत जुटाएको छ ।

विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट हीरक महोत्सवको आठौँ दिन अर्थात् शनिबारसम्म नगद, भूमि र जिन्सी गरी कूल रु एक करोड सङ्कलन भएकोे महोत्सव प्रचारप्रसार संयोजक प्रकाश भट्टराईले जानकारी दिनुभयो ।

उक्त विद्यालय ६०औँ वर्षमा प्रवेश गरेको उपलक्षमा यसको सर्वाङ्गीण विकासका लागि यही मङ्सिर २२ देखि महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो ।
महोत्सवसंगै श्रीमद्भागवत ज्ञान महायज्ञ पनि आयोजना गरिएको थियो । रासस