१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालयलाई एक करोड सहयोग



अ+ अ-

वामी । गुल्मीको सत्यवती गाउँपालिका–४ लिम्घास्थित सरस्वती माध्यमिक विद्यालयको हीरक महोत्सवले पर्याप्त आर्थिक स्रोत जुटाएको छ ।

विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट हीरक महोत्सवको आठौँ दिन अर्थात् शनिबारसम्म नगद, भूमि र जिन्सी गरी कूल रु एक करोड सङ्कलन भएकोे महोत्सव प्रचारप्रसार संयोजक प्रकाश भट्टराईले जानकारी दिनुभयो ।

उक्त विद्यालय ६०औँ वर्षमा प्रवेश गरेको उपलक्षमा यसको सर्वाङ्गीण विकासका लागि यही मङ्सिर २२ देखि महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो ।
महोत्सवसंगै श्रीमद्भागवत ज्ञान महायज्ञ पनि आयोजना गरिएको थियो । रासस