१५ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणी किनारबाट एमालेले दिन खोजेको चार सन्देश



अ+ अ-

चितवन। नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन शुक्रबारबाट चितवनको नारायणी किनारमा हुँदैछ ।  यो महाधिवेशनबाट एमालेले मुख्यत: चारवटा सन्देश दिन खोजेको छ । एमाले प्रवक्ता प्रदीप ज्ञावलीले चितवनबाट फर्कदा एमालेले चारवटा सन्देश दिने बताउनुभयो ।

उहाँले न्यूजपोलारसँग भन्नुभयो, "अनेकन षडयन्त्रका बीच पनि एमाले एकताबद्ध र राष्ट्रिय राजनीतिको निर्णायक शक्ति हो भन्ने पुष्टि गर्नेर्छौ ।"

यसैगरी  राष्ट्रिय राजनीतिमा देखिएको चुनौती र लोकतन्त्रको चिरहरण भै रहेको बारे  शसक्त रुपमा  प्रस्तुत हुने, सबै तहका निर्वाचनमा पहिलो शक्तिका रुपमा उदाउन नयाँ उर्जा सहित क्रियाशील हुने र मुलुक समृद्धिको यात्रामा उत्पन्न भएको अबरोध र जनताको आकाँक्षामा चिसो पानी खन्याएको अवस्थामा मुर्छित सपनाहरु ब्यूताएर फेरि नागरिकमा आश जगाउने बताउनु भयो ।