२२ भाद्र २०८३, सोमबार
,
Latest
‘जेन्जीआन्दोलका सहिदको सुशासन र भ्रष्टाचार अन्त्यको सपना पूरा होस’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणी किनारबाट एमालेले दिन खोजेको चार सन्देश



अ+ अ-

चितवन। नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन शुक्रबारबाट चितवनको नारायणी किनारमा हुँदैछ ।  यो महाधिवेशनबाट एमालेले मुख्यत: चारवटा सन्देश दिन खोजेको छ । एमाले प्रवक्ता प्रदीप ज्ञावलीले चितवनबाट फर्कदा एमालेले चारवटा सन्देश दिने बताउनुभयो ।

उहाँले न्यूजपोलारसँग भन्नुभयो, "अनेकन षडयन्त्रका बीच पनि एमाले एकताबद्ध र राष्ट्रिय राजनीतिको निर्णायक शक्ति हो भन्ने पुष्टि गर्नेर्छौ ।"

यसैगरी  राष्ट्रिय राजनीतिमा देखिएको चुनौती र लोकतन्त्रको चिरहरण भै रहेको बारे  शसक्त रुपमा  प्रस्तुत हुने, सबै तहका निर्वाचनमा पहिलो शक्तिका रुपमा उदाउन नयाँ उर्जा सहित क्रियाशील हुने र मुलुक समृद्धिको यात्रामा उत्पन्न भएको अबरोध र जनताको आकाँक्षामा चिसो पानी खन्याएको अवस्थामा मुर्छित सपनाहरु ब्यूताएर फेरि नागरिकमा आश जगाउने बताउनु भयो ।