• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

गम्भीर बन्दै माइतिघर मण्डलामा अनसनमा बसेका जनयुद्धका घाइतेहरु



काठमाडौं । चारदिनदेखि सरकार संग निःशुल्क उपचारको व्यवस्था गरिदिन माग गर्दै माइतिघर मण्डलामा अनसनमा बसेका जनयुद्धका घाइतेहरु अवस्था चिन्ता जनक बनेको छ । अनसन बसेका ६ जना मध्ये मकवानपुरका मंगलसिंह प्रजा र बर्दियाका तिलाचन्द्र कामी बेहोस भएका छन् । चिसोले कठ्याङ्ग्रीएर प्रजा र कामी बेहोस भएका हुन् ।

बेहोस भएकाहरुको उपचारमा कसैले पनि वास्था नगरेको अनसनरत कालीकोटका संग्राम कामीले गुनासो गरे । ‘गणतन्त्रका लागि हामीले शरीरका अंग गुमायौं,’ कामीले भने, ‘अहिले हामी उपचारका लागि सडकमा भिख माग्नु परिरहेको छ । गणतान्त्रिक कम्युनिस्ट सरकारले पनि सहयोग गर्दैनन् ।’

अनसनरत उनीहरूले गिरफ्तार गरिएका घाइते-अपांग संघर्ष समितिका संयोजक युवराज बिकलाई तत्काल रिहा गर्नुपर्ने, घाइते-अपांगलाई गणतन्त्र योद्धा घोषणा गरी परिचयपत्रको व्यवस्था गरिनुपर्ने, रोजगारीको व्यवस्था गरिनुपर्ने, घाइते-अपांगका छोराछोरीलाई निस्शुल्क पढाइको व्यवस्था गरिनुपर्ने माग राखेका छन् ।

अपांग समितिका संयोजक बिकलाई महानगरीय प्रहरी परिसर ,जाउलाखेल ललितपुरको हिरासतमा राखिएको छ ।