१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गम्भीर बन्दै माइतिघर मण्डलामा अनसनमा बसेका जनयुद्धका घाइतेहरु



अ+ अ-

काठमाडौं । चारदिनदेखि सरकार संग निःशुल्क उपचारको व्यवस्था गरिदिन माग गर्दै माइतिघर मण्डलामा अनसनमा बसेका जनयुद्धका घाइतेहरु अवस्था चिन्ता जनक बनेको छ । अनसन बसेका ६ जना मध्ये मकवानपुरका मंगलसिंह प्रजा र बर्दियाका तिलाचन्द्र कामी बेहोस भएका छन् । चिसोले कठ्याङ्ग्रीएर प्रजा र कामी बेहोस भएका हुन् ।

बेहोस भएकाहरुको उपचारमा कसैले पनि वास्था नगरेको अनसनरत कालीकोटका संग्राम कामीले गुनासो गरे । ‘गणतन्त्रका लागि हामीले शरीरका अंग गुमायौं,’ कामीले भने, ‘अहिले हामी उपचारका लागि सडकमा भिख माग्नु परिरहेको छ । गणतान्त्रिक कम्युनिस्ट सरकारले पनि सहयोग गर्दैनन् ।’

अनसनरत उनीहरूले गिरफ्तार गरिएका घाइते-अपांग संघर्ष समितिका संयोजक युवराज बिकलाई तत्काल रिहा गर्नुपर्ने, घाइते-अपांगलाई गणतन्त्र योद्धा घोषणा गरी परिचयपत्रको व्यवस्था गरिनुपर्ने, रोजगारीको व्यवस्था गरिनुपर्ने, घाइते-अपांगका छोराछोरीलाई निस्शुल्क पढाइको व्यवस्था गरिनुपर्ने माग राखेका छन् ।

अपांग समितिका संयोजक बिकलाई महानगरीय प्रहरी परिसर ,जाउलाखेल ललितपुरको हिरासतमा राखिएको छ ।