३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको १०औँ राष्ट्रिय महाधिवेशन सुरु हुँदै , प्रधानमन्त्री र अन्य दलका शीर्ष नेता चितवन जाँदै



अ+ अ-

चितवन। नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ । मध्यान्ह १२ बजे भव्य समारोहबीच  एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ । तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन समारोह नारायणी किनारमा बनाइएको विशेष मञ्चमा हुँदैछ।

महाधिवेशनमा प्रधानमन्त्री एवंं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ,माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ , जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर ,राप्रपा अध्यक्ष कमल थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष कमल थापा सहित विभिन्न दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसै गरी महाधिवेशनलाई शुभकामना दिन  भारत, बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायतका देशबाट राजनैतिक दलका प्रतिनिधि आइपुगेका छन् ।

 चिनियाँ कम्युनिष्ट पार्टीको तर्फ बाट भने भिडियो सन्देश प्राप्त भएको छ। यसैगरी विभिन्न देशका राजनीतिक दलका शुभकामना सन्देशहरु पठाएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । उद्घाटन समारोहमा पाँच लाख सहभागी हुने एमालेले दाबी गरेको छ । महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ जना परिवेक्षक सहभागी हुनेछन् ।  यसै गरी प्रतिनिधि भूगोल, जनसङ्गठन, विभाग र सम्पर्क कमिटी र प्रवासबाट सहभागी हुँदैछन् ।

उद्घाटन सत्रपछि मङ्सिर ११ गते बिहान ८ः३० बजेदेखि सौराहामा बन्दसत्र सुरु हुनेछ । ११ गते नै उम्मेदवारी दर्ता, दावी विरोध र फिर्ता समेतको प्रक्रिया सकेर साँझ ६ बजे अन्तिम नामावली प्रकाशित गरिने निर्बाचन समितिले जनाएको छ । मङ्सिर १२ गते बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु हुनेछ । मतदानका लागि १०० वटा बिद्युतीय भोटिङ मेसिन राखिने भएको छ । सोही दिन साँझसम्ममा मत परिणाम आउने अनुमान गरिएको छ । 

मङ्सिर १३ गते पार्टीका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थितिमा चितवन घोषणापत्र जारी गरेर महाधिवेशन सम्पन्न हुनेछ ।