४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सुरक्षा खतरा रहेको प्रमाण देखाउन हुवावेको चुनौती

सुरक्षा खतरा रहेको प्रमाण देखाउन हुवावेको चुनौती
अ+ अ-

डोन्गुआन । चीनको विशाल दूरसञ्चार कम्पनी हुवावेका अध्यक्ष केन हुले संयुक्तराज्य अमेरिका र विश्वका अन्य सरकारहरुलाई आफ्नो उत्पादनबाट सुरक्षा खतरा रहेको प्रमाण देखाउन चुनौती दिनुभएको छ ।

हुवावे टेक्नोलोजी लिमिटेडको मुख्यालयमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष हुले हुवावेका उत्पादनहरु कुनै “विचारधारा र भूराजनीतिक” धारणाबाट निर्देशित छन् भन्ने आरोपमा सत्यता नरहेको बताउनुभयो । उहाँले अस्ट्रेलिया र अरु बजारमा पाँचौं पुस्ताको दूरसञ्चार सञ्जाल विस्तारमा भइरहेको अवरोधले उपभोक्ता ठगिने दाबी गर्नुभयो । केन हुले भन्नुभयो – अरुका उत्पादन महङ्गा हुनेछन् र नवीन प्रविधिको परीक्षणमा अरु कम्पनीको काम गराइ ढिलो छ ।

अस्ट्रेलिया र न्यूजील्यान्डले सुरक्षा खतराको कारण दर्शाउँदै पाँचौं पुस्ता ९फाइभ–जी० को सञ्जाल विस्तारमा हुवावेलाई रोकेका छन् । यी दुई मुलुकले संयुक्तराज्य अमेरिका र ताइवानसँग पनि सहकार्य गरेका छन् ।

चारवटै देशले संगठित रुपमा हुवावेका उत्पादनलाई आफ्ना देशमा भित्रिन नदिन प्रयत्न गरिरहेका छन् । जापानको साइबर सुरक्षा निकायले जापान सरकारले हुवावे समेतका उच्च जोखिमयुक्त संशाधन खरिद नगर्ने बताएको छ ।

पछिल्ला कदमले हुवावेमाथि खासै असर भने परेको छैन । हुवावे अहिले विश्वकै सबैभन्दा ठूलो दूरसञ्चार नेटवर्क निर्माणकर्ता तथा पाँचौं पुस्ता ९फाइभ–जी० को विकासमा अग्रणी कम्पनी हो । तर विश्लेषकहरुका अनुसार हुवावेमाथिको दबाब यथावत रहेमा सन् २०२२ सम्ममा यसको व्यवसायमा २० अर्ब डलरले कमी आउनेछ ।

प्रायः अन्तर्वार्ता दिन नचाहने अध्यक्ष केन हुले यसपटक अमेरिकी, युरोपेली र एसियाली पत्रकारहरुसँग झण्डै २ घण्टा २० मिनेट कुराकानी गर्नुभयो ।

“यदि तपाइँसँग कुनै प्रमाण छ भने त्यसलाई सार्वजनिक गर्नु पर्यो,” हुले भन्नुभयो, “सायद हुवावे विरुद्ध होइन र सायद यो आमजनतासँग सम्बन्धित पनि होइन होला । यो कार्य अरु टेलिकम कम्पनीका कारण भइरहेको हुन सक्दछ, किनभने उनीहरु हुवावेका सामग्री खरिद गर्न बाध्य भइरहेका छन् ।”

पूर्व चिनीया सैनिक इन्जिनियरले सन् १९८७ मा स्थापना गरेको हुवावेले चिनीया कम्युनिष्ट पार्टीले आफ्नो कम्पनीलाई नियन्त्रण गरेको भन्ने आरोपमा सत्यता नरहेको दाबी गरेको छ । अथवा यसले गोप्य उपकरण चिनीया सरकारका लागि डिजाइन पनि गरेको छैन ।

खासगरी पाँचौं पुस्ताको उपकरण विकास गरेपछि हुवावेमाथि आक्रमण शुरु भएको हो । यो प्रविधिले स्वचालित कार, मेडिकल उपकरण तथा विद्युतीय प्लान्ट समेतका स्थानमा टेलिकम प्रदायक कम्पनीहरुलाई मद्दत गर्दछ जसको अथाह आर्थिक सम्भावना छ । पाँचौं पुस्ताको प्रविधि विकासले टेलिकम नेटवर्कलाई मुलुकको रणनीतिक राष्ट्रिय पूँजीका रुपमा लिन थालिएको छ ।

“हाम्रा उपकरणले कुनै पनि किसिमको सुरक्षा खतरा निम्त्याएको कहिँ पाइएको छैन,” हुले भन्नुभयो । “हामीलाई कुनै पनि देशले आफ्ना नेटवर्क नष्ट गर्न अनुरोध पनि प्राप्त भएको छैन ।”

हुवावे चीनको पहिलो विश्वव्यापी प्रभाव राख्ने प्रविधि क्षेत्रको कम्पनी हो । यो कम्पनीमा हाल एक लाख ८० हजारले रोजगारी पाएका छन् भने यस वर्ष कम्पनीको बिक्री १०० अर्ब डलर पुगेको छ ।

हुका अनुसार हुवावेलाई प्रतिस्पर्धा गर्न नदिने हो भने अस्ट्रेलियामा फाइभ–जी नेटवर्क निर्माणमा १५ देखि ४० प्रतिशत बढी महङ्गो पर्नेछ । हुवावेका अनुसार हुवावेले २५ वटा टेलिकम कम्पनीका लागि फाइभ–जी उपकरण आपूर्ति गरिरहेको छ । हालसम्म १० हजारभन्दा बढी फाइभ–जीका बेस स्टेशन अन्य देशमा आपूर्ति गरिएको कम्पनीले जनाएको छ ।

हाम्रा ग्राहकले हामीलाई निरन्तर विश्वास गरेकामा गर्व लागेको छ, हुले भन्नुभयो । तर, हुवावेका प्रमुख वित्तीय अधिकृतलाई क्यानाडामा पक्राउ गरिएकामा कम्पनी दुःखी बनेको हुले बताउनुभयो । रासस