२४ जेष्ठ २०८३, आईतवार
,
Latest
न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रु १६ अर्ब राजश्व सङ्कलन



अ+ अ-

विराटनगर । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महीनाको अवधिमा रु १६ अर्ब ४० करोड ५२ लाख १८ हजार राजश्व सङ्कलन गरेको छ ।

कार्यालयले दिएको जानकारी अुनसार सो अवधिमा रु १६ अर्ब १६ करोड २१ लाख ३० हजार राजश्व असुल गर्ने लक्ष्यमा रु २४ करोड ३० लाख ८८ हजार बढी राजश्व सङ्कलन भएको हो ।

आर्थिक वर्ष २०७४ र ७५ मा सो अवधिमा रु ११ अर्ब ३२ करोड ३२ लाख ४९ हजार राजश्व असुली भएको थियो भने यसवर्ष सो अवधिमा ४४.८८ प्रतिशत राजश्व बढी उठेको कार्यालयका प्रमुख मिमांश अधिकारीले जानकारी दिनुभयो ।

उहाँले राजश्व चुहावट हुन नदिन विशेष सतर्कता अपनाएको र भन्सार जाँचलाई पनि कडाइ गरेकाले राजश्वमा उल्लेखनीय वृद्धि भएको बताउनुभयो ।

सङ्कलित राजश्वमा साउनमा रु दुई अर्ब ९९ करोड ७५ लाख ३६ हजार, भदौमा रु तीन अर्ब सात करोड ९० लाख नौ हजार, असोजमा रु तीन अर्ब ९७ करोड ६४ लाख ५० हजार, कात्तिकमा रु तीन अर्ब १५ करोड ८२ लाख ७० हजार र मङ्सिरमा रु तीन अर्ब १९ करोड ३९ लाख ५३ हजार रहेको छ ।

विराटनगर भन्सारका अनुसार चालु आर्थिक वर्षको पाँच महीनामा रु ६८ अर्ब २० करोड ७९ लाख ७४ हजारको सामान पैठारी र रु आठ अर्ब १९ करोड ६१ लाख ७९ हजारको सामान निकासी भएको छ ।

सो अवधिमा गएको वर्षमा रु ५२ अर्ब ४५ करोड तीन लाख सामान पैठारी र रु नौ अर्ब छ करोड ९८ लाख ३६ हजारको मालसामान निकासी भएको थियो ।

तुलनात्मक आधारमा गएको वर्ष भन्दा यसवर्ष सो अवधिमा पैठारी रु १५ अर्ब ७५ करोड ७६ लाख ७४ हजारले बढी हो भने निकासीमा रु ८७ करोड ३६ लाख ५७ हजारले कम भएको देखिएको छ ।

विराटनगर भन्सारबाट भारत तथा समुद्रपार निकासी हुने सामानमा सेन्थेटिक यार्न, बोरा झोला, जुटका बुनिएका कपडा,अलैँचि , अन्य रेशाको कपडा, खजुरको प्रशोधित तेल, जीआइवायर, कोरुगोरेटेड सीट, जस्तापाता, कपर सीट र पिना छन् ।

भारत तथा समुद्रपारबाट विराटनगर भन्सारबाट नेपाल पैठारी भएको सामानमा पेट्रोलियम पदार्थ, एमएस विलेट, पोलीथित दाना, स्टिल वायर रड इन क्वायल र एमएससम्म, सेन्थेटिक यार्न, सिआर सीट, एलपी ग्यास, तयारी कपडा, एच आर सीट र खाद्यान्न मकै छन् । रासस