१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुटवलमा अनलाइन शेयर कारोवार लागू भएन



अ+ अ-


खस्यौली । मोफसलको बुटवलमा पूर्ण स्वचालित अनलाइन शेयर कारोवार अहिलेसम्म पनि लागू भएको छैन । लगानीकर्ताले अनलाइनमार्फत शेयर कारोवार गर्न ‘युजर नेम’ र ‘पासवर्ड’ लिनुपर्छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले (ब्रोकर) दलाल कार्यालयमार्फत अनलाइन शेयर कारोवार गर्न काठमाडौँमा केही लगानीकर्तालाई सहज भए पनि बुटवलमा यसको प्रयोग नभएको (ब्रोकर) दलाल कार्यालयले जनाएका छन् ।

“लगानीकर्ता साक्षर भएको अवस्था पनि छैन र अनलाइन कारोवार गर्ने विषयमा दलाल कार्यालयसँग सम्झौता भएको छैन’ दक्षिणकाली सेक्युरिटिज प्रालि बुटवलका प्रकाश अधिकारीले भन्नुभयो ।

उहाँले शेयर दलाल कार्यालयलाई लगानीकर्ताले कारोवार गर्ने निश्चत रकमको केही प्रतिशत दलाल कार्यालयलाई बुझाउनुपर्ने झन्झटसमेत भएकाले पूर्ण स्वचालित अनलाइन प्रणालीमा रुची कम देखिएको हुनसक्ने उल्लेख गर्दै अब केही समयपछि शुरु हुनसक्ने बताउनुभयो ।

एशियन सेक्युरिटिज प्रालि (२६) नम्बर बुटवल शाखाका पुष्पनिधि ढकालले पूर्ण स्वचालित अनलाइन प्रणालीको लागि केन्द्रीय निर्देशन पनि नभएको र लगानीकर्ताले निश्चित रकम अग्रिम बुझाउने विषयमा जानकारी नभएकाले सम्झौतामा समेत समस्या हुन सक्ने अनुमान गर्नुभयो ।

उहाँलु भन्नुभयो, “हामी भर्खरै आएर शेयर कारोवार शुरु गरेका छौँ यसले शेयरमा लगानी गर्नुपर्छ भन्ने सोचको विकास भएको छ तर प्रविधिमैत्री हुन समय लाग्छ ।” शेयर बजारको साक्षरताका विषयमा काम गरिरहेको सफल नेपाल इन्भेष्टमेण्ट कम्पनीका अध्यक्ष कमल तिवारीले नेप्सेले भित्र्याएको सफ्टवेयरले काम नगरेको कारण लगानीकर्ता बुटवलमा अनलाइन प्रणालीमा जानका नसकेको आरोप लगाउँदै यससम्बन्धी अभ्यास यहाँ नभएको बताउनुभयो ।

उहाँले अनलाइन प्रणालीका लागि नयाँ सफ्टवेयर आवश्यक भएकोमा जोड दिँदै शेयर बजार कारोवारको लागि सचेतना पनि बढाउँदै लैजानुपर्ने बताउनुभयो । लगानीकर्तालाई अनलाइनमार्फत शेयर कारोवार खुला गरिएको १० दिनमात्रै भएको छ ।

नेप्सेले युजर नेम र पासवर्ड दिए पनि बैंक खाता नम्बर र डिम्याट नम्बर अनलाइनमा इन्टिग्रेशन नभई अनलाइन प्रयोग प्रभावकारी हुन नसकेको बताइएको छ । अनलाइन प्रणालीमा जानका लागि लगानीकर्ताले शेयर दलाल कार्यालसँग सम्झौता गर्नुपर्छ । अर्थमन्त्री डा युवराज खतिवडाले कात्तिक २० गते पूर्ण स्वचालित अनलाइन प्रणालीको शुभारम्भ गर्नुभएको थियो । रासस