३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

बुटवलमा अनलाइन शेयर कारोवार लागू भएन

बुटवलमा अनलाइन शेयर कारोवार लागू भएन
अ+ अ-


खस्यौली । मोफसलको बुटवलमा पूर्ण स्वचालित अनलाइन शेयर कारोवार अहिलेसम्म पनि लागू भएको छैन । लगानीकर्ताले अनलाइनमार्फत शेयर कारोवार गर्न ‘युजर नेम’ र ‘पासवर्ड’ लिनुपर्छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले (ब्रोकर) दलाल कार्यालयमार्फत अनलाइन शेयर कारोवार गर्न काठमाडौँमा केही लगानीकर्तालाई सहज भए पनि बुटवलमा यसको प्रयोग नभएको (ब्रोकर) दलाल कार्यालयले जनाएका छन् ।

“लगानीकर्ता साक्षर भएको अवस्था पनि छैन र अनलाइन कारोवार गर्ने विषयमा दलाल कार्यालयसँग सम्झौता भएको छैन’ दक्षिणकाली सेक्युरिटिज प्रालि बुटवलका प्रकाश अधिकारीले भन्नुभयो ।

उहाँले शेयर दलाल कार्यालयलाई लगानीकर्ताले कारोवार गर्ने निश्चत रकमको केही प्रतिशत दलाल कार्यालयलाई बुझाउनुपर्ने झन्झटसमेत भएकाले पूर्ण स्वचालित अनलाइन प्रणालीमा रुची कम देखिएको हुनसक्ने उल्लेख गर्दै अब केही समयपछि शुरु हुनसक्ने बताउनुभयो ।

एशियन सेक्युरिटिज प्रालि (२६) नम्बर बुटवल शाखाका पुष्पनिधि ढकालले पूर्ण स्वचालित अनलाइन प्रणालीको लागि केन्द्रीय निर्देशन पनि नभएको र लगानीकर्ताले निश्चित रकम अग्रिम बुझाउने विषयमा जानकारी नभएकाले सम्झौतामा समेत समस्या हुन सक्ने अनुमान गर्नुभयो ।

उहाँलु भन्नुभयो, “हामी भर्खरै आएर शेयर कारोवार शुरु गरेका छौँ यसले शेयरमा लगानी गर्नुपर्छ भन्ने सोचको विकास भएको छ तर प्रविधिमैत्री हुन समय लाग्छ ।” शेयर बजारको साक्षरताका विषयमा काम गरिरहेको सफल नेपाल इन्भेष्टमेण्ट कम्पनीका अध्यक्ष कमल तिवारीले नेप्सेले भित्र्याएको सफ्टवेयरले काम नगरेको कारण लगानीकर्ता बुटवलमा अनलाइन प्रणालीमा जानका नसकेको आरोप लगाउँदै यससम्बन्धी अभ्यास यहाँ नभएको बताउनुभयो ।

उहाँले अनलाइन प्रणालीका लागि नयाँ सफ्टवेयर आवश्यक भएकोमा जोड दिँदै शेयर बजार कारोवारको लागि सचेतना पनि बढाउँदै लैजानुपर्ने बताउनुभयो । लगानीकर्तालाई अनलाइनमार्फत शेयर कारोवार खुला गरिएको १० दिनमात्रै भएको छ ।

नेप्सेले युजर नेम र पासवर्ड दिए पनि बैंक खाता नम्बर र डिम्याट नम्बर अनलाइनमा इन्टिग्रेशन नभई अनलाइन प्रयोग प्रभावकारी हुन नसकेको बताइएको छ । अनलाइन प्रणालीमा जानका लागि लगानीकर्ताले शेयर दलाल कार्यालसँग सम्झौता गर्नुपर्छ । अर्थमन्त्री डा युवराज खतिवडाले कात्तिक २० गते पूर्ण स्वचालित अनलाइन प्रणालीको शुभारम्भ गर्नुभएको थियो । रासस