• ६ श्रावण २०८१, आईतवार
  •      Sun Jul 21 2024
  •   Unicode
Logo

चितवनलाई हराउँदै भैरहवा क्वालिफायरमा




काठमाडौं । भैरहवा ग्लाडिएटर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको नक आउट चरणमा प्रबेश गरेको छ । भैरहवाले चितवन टाइगर्सलाई चार विकेटले पराजित गर्दै क्वालिफायर राउण्डमा प्रवेश गर्न सफल भएको हो ।

चितवनले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १३९ रन जोडेको थियो । प्रतिउतरमा भैरहवाले भैरहवाले १८.२ ओभरमा ६ विकेटको क्षतिमा १४० रनको साथ लक्ष्य पूरा गर्‍यो ।

भैरहवाको जितमा कुशल मल्ल र रोहितकुमार पौडेलले चार ओभरमा ५१ रनको साझेदारी गरे । कुशल २७ रनमा अविजित रहे । उनले १३ बलको सामना गर्दै दुई चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, रोहितले १४ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै २४ रनमा अविजित बने । त्यसअघि भैरहवाका प्रदीप ऐरीले ४२ रन बनाए भने कप्तान शरद भेषावकरले २९ रन बनाए । बलिङतर्फ चितवनका कमलसिंह ऐरीले तीन विकेट लिए ।

दोस्रो क्वालिफायर राउण्डमा प्रवेश गरेको भैरहवाले फाइनल प्रवेशको लागि काठमाडौं किंग्स एलाभेनसँग प्रतिस्पर्धा गर्नेछ । काठमाडौंलाई एक विकेटले पराजित गर्दै ललितपुर प्याट्रिएटस भने ईपीएलको फाइनलमा प्रवेश गरिसकेको छ ।