१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पदीय लेनदेन मिलाउन सत्ता गठबन्धनले चाल चलेको आरोप



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानामाथि लागेको आरोपको खण्डन गरेको छ । आफ्नो पार्टीबाट निर्वाचित उपसभामुख राना गम्भीर विवादमा मुछिएपछि रास्वपाले आज विज्ञप्ति जारी गर्दै औपचारिक धारणा सार्वजनिक गरेको हो ।

रास्वपाले उपसभामुखमाथि लागेको आरोपका विषयमा पार्टीको ध्यानाकर्षण भएको जनाएको छ । पुरानो पत्रलाई अहिले अनर्गल प्रचार गरेर कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको जिकिर रास्वपाको छ ।

‘संघीय संसद सचिवालय लगायत अन्य उच्च पदासीन व्यक्तिहरूलाई पहिले नै जानकारी रहेको भनिएको विषयलाई अहिले अनर्गल प्रचार गरिनुमा पक्कै पनि कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको छ भन्ने सहजै अनुमान गर्न सकिन्छ’, रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रास्वपाको छवि धूमिल पार्ने दूषित मनसायबाट छद्भम रुपमा गतिविधि भइरहेको भन्दै झाले यस्ता गलत प्रहारहबाट विचलित नहुने बताएका छन् ।

रास्वपाले रानामाथि यो विवाद झिकेर गठबन्धनले चाल गरेको जिकिर गरेको छ ।

उक्त पत्रबारे पार्टीमा सूचना आएपछि तुरुन्तै सोधखोज गरिएकोमा सिफारिस गरिएका व्यक्ति देश बाहिर गएको नदेखिनुका साथै कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन नसकेको रास्वपाले बताएको छ ।

धेरै राजनीतिक दलका नेताहरूले अन्तर्वार्ता मितिमात्र नभई भिसाकै लागि लिखित वा मौखिक सिफारिस गर्ने गरेको अभ्यास पाइएको विज्ञप्तिमा लेखिएको छ ।

उपसभामुखको निष्कलंक र उज्यालो छविकै कारण रास्वपाले उनलाई पहिले सांसद र पछि उपसभामुखको उम्मेदवारका रूपमा प्रस्तुत गरेको रास्वपाको भनाइ छ ।

उपसभामुख रानाले अमेरिकाको भिसाको अन्तर्वार्ताको मिति चाँडो सारिदिन आग्रह गर्दै अमेरिकी दूतावासलाई पत्र लेखेपछि विवादमा आएकी हुन् । उनले ६ जनाको भिसाको अन्तर्वार्ता मिति सारिदिन आग्रह गर्दै उपसभामुखकै लेटरप्याडमा पत्र पठाएकी थिइन् । जुन कानुनविपरित हो ।

यस विषयमा छानबिन गर्न संसद्को राज्य व्यवस्था समितिमा उजुरी परिसकेको छ । सभामुख देवराज घिमिरेले पनि घटनाबारे चासो राखेका छन् ।