४ पुष २०८२, शुक्रबार
,
Latest
पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’ जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा कीर्तिमानी गर्मी, कृषि क्षेत्रमा विशेष जोखिम



अ+ अ-

एजेन्सी । जापानमा आइतवार जापानका २०० भन्दा बढी स्थानहरूमा अत्यधिक तापक्रम बढ्ने पूर्वानुमान गरिएको छ ।

गर्मीले जापानका ती स्थानहरूको कीर्तिमान तोड्ने अनुमान गरिएको जापान मौसम सङ्घका अनुसार अत्यधिक गर्मीका कारण आउने उष्ण लहर अगस्ट वा सेप्टेम्बरसम्म जारी रहने अपेक्षा गरिएको छ । यसले स्वास्थ्यलाई मात्र नभई कृषि उद्यमलाई असर पार्दा र खाद्य सुरक्षाको जोखिम निम्त्याएको छ ।

यहाँको तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुगेको र १२ दिनमा पहिलो पटक १३० भन्दा बढी स्थानहरूमा कडा गर्मी भएको मौसम पुर्वानुमान कार्यालयको तथ्याङ्कले देखाएको छ । यसले देशभरका बालबालिकालाई लामो गर्मी बिदा दिन बाध्य बनाएको छ ।

जापानको शिजुओका सहर देशको सबैभन्दा तातो ठाउँ होे । यहाँ ३८.९ डिग्री सेल्सियससम्म तापक्रम रेकर्ड गरिएको छ । टोकियो क्षेत्रको फुचु सहरमा तापक्रम ३८ डिग्री सेल्सियस रहेको छ । हाल टोकियोका केही क्षेत्रहरूको तापक्रम ३५.८ डिग्री सेल्सियस पुगेको छ ।