• २१ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 6 2024
  •   Unicode
Logo

बागमती र लुम्बिनी प्रदेश सरकार आज ढल्दै



फाईल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेका बागमती र लुम्बिनी प्रदेश सरकार आज ढल्दै छन् । दुवै प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने तयारी छ । तर पाउने सम्भावना छैन । त्यही कारण दुवै प्रदेश सरकार ढल्ने निश्चित जस्तै छ ।

बागमतीमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज दिउँसो बस्ने प्रदेशसभामा विश्वासको मत लिनु हुने छ । नेकपा एमालेले समर्थन फिर्ता गरेपछि उहाँले विश्वासको मत लिन लाग्नुभएको हो । अब बागमतीमा कांग्रेस र एमाले मिलेर नयाँ सरकार गठन गर्ने छन् । त्यसका लागि दुई दलबीच छलफलसमेत चलिरहेको छ ।

दुई दलबीच नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने समझदारी बनिसकेको छ तर मन्त्रालय भागबण्डामा भने कुरा मिलिसकेको छैन । मन्त्रालयको संख्या भने १३ वटै कायम राख्ने सहमति भएको छ ।

यसैगरी लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले पनि आज विश्वासको मत लिनु हुने भएको छ । त्यसका लागि प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।

महराले विश्वासको मत नपाएपछि एमाले नेतृत्वमा सरकार गठन गर्ने तयारी छ ।