• ६ श्रावण २०८१, आईतवार
  •      Sun Jul 21 2024
  •   Unicode
Logo

ऐन संशोधन गर्न उद्योगीले बुझाए सुझाव




काठमाडौं । उद्योगी व्यवसायीहरुले औद्योगिक व्यवसाय ऐन २०७५ संशोधनका लागि सुझाव दिएका छन्। व्यापारीहरुले मंगलबार अर्थमन्त्री डा.युवराज खतिवडा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवलाई भेटेर ऐनमा पुन बिचार गर्न सुझाब दिएका हुन् ।

महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको टोलीले सुझावमा उद्योगलाई शाखा खोल्न नपाउने व्यवस्था हटाउन भनिएको छ। हाल उद्योगले फरक स्थानमा उत्पादन गर्न चाहेमा शाखा उद्योग स्थापना गर्न नपाउने व्यवस्था छ। शाखा खोल्न नपाए पनि उद्योगको इकार्इको रुपमा स्थापना तथा संचालन गर्न सक्ने व्यवस्था छ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ सच्याउन पनि सुझाव दिएका छन्।