३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

विराटनगर भन्सारले उठायाे रु १६ अर्ब राजश्व, लक्षभन्दा २४ कराेड बढी उठ्याे

विराटनगर भन्सारले उठायाे रु १६ अर्ब राजश्व, लक्षभन्दा २४ कराेड बढी उठ्याे
अ+ अ-

विराटनगर, ४ पुस : विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महीनाको अवधिमा रु १६ अर्ब ४० करोड ५२ लाख १८ हजार राजश्व सङ्कलन गरेको छ ।

कार्यालयले दिएको जानकारी अुनसार सो अवधिमा रु १६ अर्ब १६ करोड २१ लाख ३० हजार राजश्व असुल गर्ने लक्ष्यमा रु २४ करोड ३० लाख ८८ हजार बढी राजश्व सङ्कलन भएको हो ।

आर्थिक वर्ष २०७४/७५ मा सो अवधिमा रु ११ अर्ब ३२ करोड ३२ लाख ४९ हजार राजश्व असुली भएको थियो भने यसवर्ष सो अवधिमा ४४.८८ प्रतिशत राजश्व बढी उठेको कार्यालयका प्रमुख मिमांश अधिकारीले जानकारी दिनुभयो ।

उहाँले राजश्व चुहावट हुन नदिन विशेष सतर्कता अपनाएको र भन्सार जाँचलाई पनि कडाइ गरेकाले राजश्वमा उल्लेखनीय वृद्धि भएको बताउनुभयो ।

सङ्कलित राजश्वमा साउनमा रु दुई अर्ब ९९ करोड ७५ लाख ३६ हजार, भदौमा रु तीन अर्ब सात करोड ९० लाख नौ हजार, असोजमा रु तीन अर्ब ९७ करोड ६४ लाख ५० हजार, कात्तिकमा रु तीन अर्ब १५ करोड ८२ लाख ७० हजार र मङ्सिरमा रु तीन अर्ब १९ करोड ३९ लाख ५३ हजार रहेको छ ।

विराटनगर भन्सारका अनुसार चालु आर्थिक वर्षको पाँच महीनामा रु ६८ अर्ब २० करोड ७९ लाख ७४ हजारको सामान पैठारी र रु आठ अर्ब १९ करोड ६१ लाख ७९ हजारको सामान निकासी भएको छ ।

सो अवधिमा गएको वर्षमा रु ५२ अर्ब ४५ करोड तीन लाख सामान पैठारी र रु नौ अर्ब छ करोड ९८ लाख ३६ हजारको मालसामान निकासी भएको थियो ।

तुलनात्मक आधारमा गएको वर्ष भन्दा यसवर्ष सो अवधिमा पैठारी रु १५ अर्ब ७५ करोड ७६ लाख ७४ हजारले बढी हो भने निकासीमा रु ८७ करोड ३६ लाख ५७ हजारले कम भएको देखिएको छ ।

विराटनगर भन्सारबाट भारत तथा समुद्रपार निकासी हुने सामानमा सेन्थेटिक यार्न, बोरा झोला, जुटका बुनिएका कपडा, अलँैची, अन्य रेशाको कपडा, खजुरको प्रशोधित तेल, जीआइवायर, कोरुगोरेटेड सीट, जस्तापाता, कपर सीट र पिना छन् ।

भारत तथा समुद्रपारबाट विराटनगर भन्सारबाट नेपाल पैठारी भएको सामानमा पेट्रोलियम पदार्थ, एमएस विलेट, पोलीथित दाना, स्टिल वायर रड इन क्वायल र एमएससम्म, सेन्थेटिक यार्न, सिआर सीट, एलपी ग्यास, तयारी कपडा, एच आर सीट र खाद्यान्न मकै छन् ।