२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगर भन्सारले उठायाे रु १६ अर्ब राजश्व, लक्षभन्दा २४ कराेड बढी उठ्याे



अ+ अ-

विराटनगर, ४ पुस : विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महीनाको अवधिमा रु १६ अर्ब ४० करोड ५२ लाख १८ हजार राजश्व सङ्कलन गरेको छ ।

कार्यालयले दिएको जानकारी अुनसार सो अवधिमा रु १६ अर्ब १६ करोड २१ लाख ३० हजार राजश्व असुल गर्ने लक्ष्यमा रु २४ करोड ३० लाख ८८ हजार बढी राजश्व सङ्कलन भएको हो ।

आर्थिक वर्ष २०७४/७५ मा सो अवधिमा रु ११ अर्ब ३२ करोड ३२ लाख ४९ हजार राजश्व असुली भएको थियो भने यसवर्ष सो अवधिमा ४४.८८ प्रतिशत राजश्व बढी उठेको कार्यालयका प्रमुख मिमांश अधिकारीले जानकारी दिनुभयो ।

उहाँले राजश्व चुहावट हुन नदिन विशेष सतर्कता अपनाएको र भन्सार जाँचलाई पनि कडाइ गरेकाले राजश्वमा उल्लेखनीय वृद्धि भएको बताउनुभयो ।

सङ्कलित राजश्वमा साउनमा रु दुई अर्ब ९९ करोड ७५ लाख ३६ हजार, भदौमा रु तीन अर्ब सात करोड ९० लाख नौ हजार, असोजमा रु तीन अर्ब ९७ करोड ६४ लाख ५० हजार, कात्तिकमा रु तीन अर्ब १५ करोड ८२ लाख ७० हजार र मङ्सिरमा रु तीन अर्ब १९ करोड ३९ लाख ५३ हजार रहेको छ ।

विराटनगर भन्सारका अनुसार चालु आर्थिक वर्षको पाँच महीनामा रु ६८ अर्ब २० करोड ७९ लाख ७४ हजारको सामान पैठारी र रु आठ अर्ब १९ करोड ६१ लाख ७९ हजारको सामान निकासी भएको छ ।

सो अवधिमा गएको वर्षमा रु ५२ अर्ब ४५ करोड तीन लाख सामान पैठारी र रु नौ अर्ब छ करोड ९८ लाख ३६ हजारको मालसामान निकासी भएको थियो ।

तुलनात्मक आधारमा गएको वर्ष भन्दा यसवर्ष सो अवधिमा पैठारी रु १५ अर्ब ७५ करोड ७६ लाख ७४ हजारले बढी हो भने निकासीमा रु ८७ करोड ३६ लाख ५७ हजारले कम भएको देखिएको छ ।

विराटनगर भन्सारबाट भारत तथा समुद्रपार निकासी हुने सामानमा सेन्थेटिक यार्न, बोरा झोला, जुटका बुनिएका कपडा, अलँैची, अन्य रेशाको कपडा, खजुरको प्रशोधित तेल, जीआइवायर, कोरुगोरेटेड सीट, जस्तापाता, कपर सीट र पिना छन् ।

भारत तथा समुद्रपारबाट विराटनगर भन्सारबाट नेपाल पैठारी भएको सामानमा पेट्रोलियम पदार्थ, एमएस विलेट, पोलीथित दाना, स्टिल वायर रड इन क्वायल र एमएससम्म, सेन्थेटिक यार्न, सिआर सीट, एलपी ग्यास, तयारी कपडा, एच आर सीट र खाद्यान्न मकै छन् ।