• ११ असार २०८१, मंगलवार
  •      Tue Jun 25 2024
  •   Unicode
Logo
Latest
★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ? ★   अन्तर्राष्ट्रिय ‘मैथिली फिल्म फेस्टिभल’ सुरु ★   समाजवादी आन्दोलनको नयाँ प्रवाह शुरु भएको छः झलनाथ खनाल ★   गलत प्रवृत्तिका विरुद्धमा नयाँ सांस्कृतिक जागरण पैदा गर्न आवश्यकः अध्यक्ष नेपाल ★   महाकालीको कटान रोक्न कुतियाकबरमा जैविक तटबन्ध ★   आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ: अर्थमन्त्री पुन ★   करेन्ट लागेकालाई बचाउन खोज्नेको मृत्यु, अर्का घाइते

हेर्नुस कस्ता हुन्छन् राष्ट्रपति, नेपालको राष्ट्रपति र प्रधानमन्त्रीले पनि केहि सिक्ने की ?



काठमाडौं । नेपालका पुर्ब राष्ट्रपति देखी पुर्ब प्रधानमन्त्री मात्रै होइन हालका राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री लगायतका भीआईपीहरु सरकारी सुबिधा लिन तछाड मछाड गर्ने गर्दछन् । जनताबाट उठाएको करबाट सरकारी कोषमा जम्म भएको रकमबाट सुबिधा लिएर रवाफ देखाने भीआईपीहरुको लाम लाग्ने गरेको छ । चाहे त्यो गाडिको लागि होस् वा संसदका लागि दिईने कोठमा होस् सबैमा हालिमुहालि चल्ने गरेको छ ।

सर्वसाधारणलाई दुःख र कष्टमा राख्दै लामो समय जाममा पार्दै अगाडि पछाडि पुलिस सहितको साइरनजडित गाडीमा हुइँकिनेदेखि भड्किलो जीवनशैली अपनाउनु उनीहरुको दैनिकी नै बनेको छ । जनताबाट रगत निचोरी निचोरी लिएको करमाथि हारालुस गर्ने भीआईपिका कारण नेपालका उनिहरु बेलाबेलामा बिबादमा तानिने गरेका छन् ।

तर, विदेशमा त्यसमा पनि शक्तिशाली राष्ट्र अमेरिकाको कुरा भने नेपालको भन्दा धेरै फरक रहेको छ । त्यहाँका भीआईपीहरु सरकारी रकमबाट मोजमस्ति गर्ने, तडकभडक देखाउने र नचाहिदो रवाफिलो जिबन भन्दा सरल जीवन बाँच्न रुचाउने गरेका छन् । नेपाली जनता र नेताहरुले साना ठानेको काम अमेरिकामा भीआईपीहरुले निस्फिक्री गर्छन् र जनताका दुःखमा हात अघि बढाउँछन् । राजनीतिलाई साच्चैँ उत्तरदायी र सेवाको रुपमा अमेरिकी राजनितिज्ञ हरुले उपयोग गर्ने गर्दछन् ।

यहीबीच अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले बासिंटन डीसी स्थित चिल्ड्रेन्स नेशनल हस्पिटल पुगेर क्रिसमस डेको अवसरमा बालबालिकालाई उपहार बाडेको विषय यतिबेला सामाजिक संजालमा भाईरल भईरहेको छ ।

स्यान्टा क्लजले लगाउने पहिरणमा पुगेका ओबामाको शीरमा रातो फ्लपी टोपी र काँधमा धोक्रो बोकेर अस्पताल पुगेका थिए । एकासि ओबामा जस्तो शक्तिशाली ब्यक्तिलाई उक्त भेषमा देखेर धेरै व्यक्ति आश्चर्यमा परेका छन् । उनले बिरामी बालबालिकाहरुलाई भेटेर उपहार बाँड्नुका साथै उनिहरुसँग बिताएका पलहरुको तस्वीर समेत खिचाएका हुन् । लामो समय बिरामीमा परेका बालबालिकाबाट चिन्तित अभिभावकलाई ओबामाले सहानुभूति पनि दिएका हुन् । अस्पतालमा ९० मिनेट बिताएका उनले चिकित्सक तथा नर्ससँग भलाकुसारी गरेको बासिंटन पोस्टले लेखेको छ ।

बालबालिकालाई दिने उपहारको धोक्रो बोकेर हिँडेका ओबामाको फोटो र भिडियो अहिले सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ । अमेरिकाभन्दा पनि रवाफिलो जीवनशैली बिताउने नेता भएका देशमा यसले बढी चर्चा बटुलेको छ ।