२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेर्नुस कस्ता हुन्छन् राष्ट्रपति, नेपालको राष्ट्रपति र प्रधानमन्त्रीले पनि केहि सिक्ने की ?



अ+ अ-

काठमाडौं । नेपालका पुर्ब राष्ट्रपति देखी पुर्ब प्रधानमन्त्री मात्रै होइन हालका राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री लगायतका भीआईपीहरु सरकारी सुबिधा लिन तछाड मछाड गर्ने गर्दछन् । जनताबाट उठाएको करबाट सरकारी कोषमा जम्म भएको रकमबाट सुबिधा लिएर रवाफ देखाने भीआईपीहरुको लाम लाग्ने गरेको छ । चाहे त्यो गाडिको लागि होस् वा संसदका लागि दिईने कोठमा होस् सबैमा हालिमुहालि चल्ने गरेको छ ।

सर्वसाधारणलाई दुःख र कष्टमा राख्दै लामो समय जाममा पार्दै अगाडि पछाडि पुलिस सहितको साइरनजडित गाडीमा हुइँकिनेदेखि भड्किलो जीवनशैली अपनाउनु उनीहरुको दैनिकी नै बनेको छ । जनताबाट रगत निचोरी निचोरी लिएको करमाथि हारालुस गर्ने भीआईपिका कारण नेपालका उनिहरु बेलाबेलामा बिबादमा तानिने गरेका छन् ।

तर, विदेशमा त्यसमा पनि शक्तिशाली राष्ट्र अमेरिकाको कुरा भने नेपालको भन्दा धेरै फरक रहेको छ । त्यहाँका भीआईपीहरु सरकारी रकमबाट मोजमस्ति गर्ने, तडकभडक देखाउने र नचाहिदो रवाफिलो जिबन भन्दा सरल जीवन बाँच्न रुचाउने गरेका छन् । नेपाली जनता र नेताहरुले साना ठानेको काम अमेरिकामा भीआईपीहरुले निस्फिक्री गर्छन् र जनताका दुःखमा हात अघि बढाउँछन् । राजनीतिलाई साच्चैँ उत्तरदायी र सेवाको रुपमा अमेरिकी राजनितिज्ञ हरुले उपयोग गर्ने गर्दछन् ।

यहीबीच अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले बासिंटन डीसी स्थित चिल्ड्रेन्स नेशनल हस्पिटल पुगेर क्रिसमस डेको अवसरमा बालबालिकालाई उपहार बाडेको विषय यतिबेला सामाजिक संजालमा भाईरल भईरहेको छ ।

स्यान्टा क्लजले लगाउने पहिरणमा पुगेका ओबामाको शीरमा रातो फ्लपी टोपी र काँधमा धोक्रो बोकेर अस्पताल पुगेका थिए । एकासि ओबामा जस्तो शक्तिशाली ब्यक्तिलाई उक्त भेषमा देखेर धेरै व्यक्ति आश्चर्यमा परेका छन् । उनले बिरामी बालबालिकाहरुलाई भेटेर उपहार बाँड्नुका साथै उनिहरुसँग बिताएका पलहरुको तस्वीर समेत खिचाएका हुन् । लामो समय बिरामीमा परेका बालबालिकाबाट चिन्तित अभिभावकलाई ओबामाले सहानुभूति पनि दिएका हुन् । अस्पतालमा ९० मिनेट बिताएका उनले चिकित्सक तथा नर्ससँग भलाकुसारी गरेको बासिंटन पोस्टले लेखेको छ ।

बालबालिकालाई दिने उपहारको धोक्रो बोकेर हिँडेका ओबामाको फोटो र भिडियो अहिले सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ । अमेरिकाभन्दा पनि रवाफिलो जीवनशैली बिताउने नेता भएका देशमा यसले बढी चर्चा बटुलेको छ ।