४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

उपाधि होडमा मनाङलाई अर्काे चुनौती

उपाधि होडमा मनाङलाई अर्काे चुनौती
अ+ अ-


काठमाडौँ । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि दाबेदार मनाङ मस्र्याङ्दी क्लबलाई चुनौती अब सङ्कटा क्लब मात्र रहेको छ ।

बुधबार त्रिभुवन आर्मी क्लब र थ्रीस्टारबीचको खेल बराबरीमा सकिएसँगै अब मनाङको चुनौती सङ्कटा क्लब मात्र रहेको छ । यसअघि उपाधि होडमा रहेको थ्रीस्टार उपाधि होडबाट बाहिरिएको हो ।

लिगअन्तर्गत नवौँ चरणका खेल सकिँदासम्म मनाङ शत प्रतिशत नतिजासहित २७ अङ्कको साथ तालिकाको शीर्ष स्थानमा छ । मनाङलाई पच्छ्याइरहेको सङ्कटाको २४ अङ्क रहेको छ । लिगमा अब सबै क्लबले चार÷चार खेल मात्र खेल्न बाँकी छ ।

मनाङले अब दशौँ चरणमा नेपाल पुलिस, ११ औँ चरणमा सङ्कटा, १२ औँ चरणमा हिमालयन शेर्पा र १३ औँ चरणमा फ्रेन्ड्स क्लबसँग खेल्न बाँकी छ । सङ्कटाले १० औँ चरणमा ब्रिगेड ब्वाइज, ११ औँ चरणमा मनाङ मस्र्याङ्दी, १२ औँ चरणमा थ्रीस्टार र १३ औँ चरणमा सशस्त्र प्रहरीको एपिएफसँग खेल्नेछ ।

मनाङका प्रशिक्षक सुमन श्रेष्ठले नवौँ चरणको खेल समाप्तिपछि अब उपाधि जित्न मनाङलाई कसैले रोक्ने नसक्ने प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “हामीले लिगका लागि अन्य क्लबको तुलनामा धेरै लगानी गरेका छौँ, लगानीअनुसार प्रतिफल हामीले पाउनुपर्छ ।”

नवौँ चरणका खेल सकिँदासम्म २२ अङ्कका सात थ्रस्टार तेस्रो, १८ अङ्कका साथ त्रिभुवन आर्मी चौथो, १५ अङ्कसहित नेपाल पुलिस पाँचौँ, १४ अङ्कका साथ हिमालयन शेर्पा छैटौँ, १३ अङ्कका साथ च्यासल युथ क्लब सातौँ स्थानमा छन् ।

यसैगरी १३ अङ्कका साथ एपिएफ आठौँ, १० अङ्कका साथ सरस्वती नवौँ, आठ अङ्कका साथ जावलाखेल युथ क्लब १० औँ, ब्रिगेड ब्वाइज, फ्रेन्डस, मछिन्द्र र न्युरोड टिम (एनआरटी) क्रमशः ५, ५, ३ र १ अङ्कसहित ११औँ, १२ औँ, १३ औँ र १४ औँ स्थानमा छन् ।

लिगको कूल ९१ खेलमध्ये हालसम्म ६२ खेल सकिसकेको छ भने अब २९ खेल बाँकी रहेका छन् ।

मछिन्द्र र एनरआरटी अझै जितविहीन

नवौँ चरणको खेल सकिँदासम्म मछिन्द्र क्लब र न्युरोड टिम ९एनआरटी० अझै जितविहीन छन् । मछिन्द्रले नौमध्ये छ खेलमा पराजित हुँदा तीनवटा बराबरी गरेको छ भने एनआरटीले आडमा पराजय ब्योहोर्दा एउटा खेलमा बा बराबरी गर्न सकेको छ तर, रेलिगेशनबिनाको लिग हुनाले उनीहरूलाई केही राहत भने मिलेको छ । तालिकाको अन्तिममा रहे पनि उनीहरू बि डिभिजनमा घटुवा हुने छैनन् ।

गत असोज १३ गतेदेखि शुरु भएको लिग यही पुस १७ गते सकिनेछ । लिगमा १४ ‘ए’ डिभिजन क्लब थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम ९एनआरटी०, ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख पाउनेछन् ।

लिगको चौथो टोलीले रु १५ लाख, पाँचौँ टोलीले रु सात लाख र छैटौँले रु पाँच लाख पाउनेछन् । फेयर प्ले टिमले एक लाख पाउने छन् ।