६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपाधि होडमा मनाङलाई अर्काे चुनौती



अ+ अ-


काठमाडौँ । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि दाबेदार मनाङ मस्र्याङ्दी क्लबलाई चुनौती अब सङ्कटा क्लब मात्र रहेको छ ।

बुधबार त्रिभुवन आर्मी क्लब र थ्रीस्टारबीचको खेल बराबरीमा सकिएसँगै अब मनाङको चुनौती सङ्कटा क्लब मात्र रहेको छ । यसअघि उपाधि होडमा रहेको थ्रीस्टार उपाधि होडबाट बाहिरिएको हो ।

लिगअन्तर्गत नवौँ चरणका खेल सकिँदासम्म मनाङ शत प्रतिशत नतिजासहित २७ अङ्कको साथ तालिकाको शीर्ष स्थानमा छ । मनाङलाई पच्छ्याइरहेको सङ्कटाको २४ अङ्क रहेको छ । लिगमा अब सबै क्लबले चार÷चार खेल मात्र खेल्न बाँकी छ ।

मनाङले अब दशौँ चरणमा नेपाल पुलिस, ११ औँ चरणमा सङ्कटा, १२ औँ चरणमा हिमालयन शेर्पा र १३ औँ चरणमा फ्रेन्ड्स क्लबसँग खेल्न बाँकी छ । सङ्कटाले १० औँ चरणमा ब्रिगेड ब्वाइज, ११ औँ चरणमा मनाङ मस्र्याङ्दी, १२ औँ चरणमा थ्रीस्टार र १३ औँ चरणमा सशस्त्र प्रहरीको एपिएफसँग खेल्नेछ ।

मनाङका प्रशिक्षक सुमन श्रेष्ठले नवौँ चरणको खेल समाप्तिपछि अब उपाधि जित्न मनाङलाई कसैले रोक्ने नसक्ने प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “हामीले लिगका लागि अन्य क्लबको तुलनामा धेरै लगानी गरेका छौँ, लगानीअनुसार प्रतिफल हामीले पाउनुपर्छ ।”

नवौँ चरणका खेल सकिँदासम्म २२ अङ्कका सात थ्रस्टार तेस्रो, १८ अङ्कका साथ त्रिभुवन आर्मी चौथो, १५ अङ्कसहित नेपाल पुलिस पाँचौँ, १४ अङ्कका साथ हिमालयन शेर्पा छैटौँ, १३ अङ्कका साथ च्यासल युथ क्लब सातौँ स्थानमा छन् ।

यसैगरी १३ अङ्कका साथ एपिएफ आठौँ, १० अङ्कका साथ सरस्वती नवौँ, आठ अङ्कका साथ जावलाखेल युथ क्लब १० औँ, ब्रिगेड ब्वाइज, फ्रेन्डस, मछिन्द्र र न्युरोड टिम (एनआरटी) क्रमशः ५, ५, ३ र १ अङ्कसहित ११औँ, १२ औँ, १३ औँ र १४ औँ स्थानमा छन् ।

लिगको कूल ९१ खेलमध्ये हालसम्म ६२ खेल सकिसकेको छ भने अब २९ खेल बाँकी रहेका छन् ।

मछिन्द्र र एनरआरटी अझै जितविहीन

नवौँ चरणको खेल सकिँदासम्म मछिन्द्र क्लब र न्युरोड टिम ९एनआरटी० अझै जितविहीन छन् । मछिन्द्रले नौमध्ये छ खेलमा पराजित हुँदा तीनवटा बराबरी गरेको छ भने एनआरटीले आडमा पराजय ब्योहोर्दा एउटा खेलमा बा बराबरी गर्न सकेको छ तर, रेलिगेशनबिनाको लिग हुनाले उनीहरूलाई केही राहत भने मिलेको छ । तालिकाको अन्तिममा रहे पनि उनीहरू बि डिभिजनमा घटुवा हुने छैनन् ।

गत असोज १३ गतेदेखि शुरु भएको लिग यही पुस १७ गते सकिनेछ । लिगमा १४ ‘ए’ डिभिजन क्लब थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम ९एनआरटी०, ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख पाउनेछन् ।

लिगको चौथो टोलीले रु १५ लाख, पाँचौँ टोलीले रु सात लाख र छैटौँले रु पाँच लाख पाउनेछन् । फेयर प्ले टिमले एक लाख पाउने छन् ।