५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु



अ+ अ-

बागलुङको वलेवामा बिहीबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका बागलुङको पञ्चकोटका ट्याक्टर चालक सुरेश विकको उपचारका लागि धौलागिरि अञ्चल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

बागलुङ बजारदेखि कुश्मीशेरा जाँदै गरेको ना७त ११०५ नंको ट्याक्टर बानपा १२ सरङ्गेमा दुर्घटना हुँदा चालक विक घाइते भएका थिए । घाइते विकलाई उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बलेवाका प्रमुख धनबहादुर थापाले बताउनुभयो ।

दुर्घनाको कारण भने खुलेको छैन । दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालयबाट पुगेको प्रहरी टोलीले चालक विकलाई अचेत अवस्थामा उद्धार गरेको थियो । रासस