२२ भाद्र २०८३, सोमबार
,
Latest
हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशनमा प्रधामन्त्री देउवा



अ+ अ-

चितवन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा अतिथिका रुपमा चितवनस्थित नारायणी नदीको किनारमा बनाइएको महाधिवेशन उद्घाटन स्थल पुग्नुभएको छ ।

महाधिवेशन स्थलमा प्रधानमन्त्री देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकसाथ प्रवेश गर्नुभएको हो । उहाँहरु महाधिवेशन स्थलमा पुगेर अभिवादन गर्दा नेकपा एमालेका हजारौँ नेता तथा कार्यकर्ताले हुटिङ तथा नाराबाजी गरेका थिए ।

संवैधानिक परिषद्को बैठकमा भेट भएका प्रधानमन्त्री देउवा र नेकपा एमालेका अध्यक्ष ओलीबीच लामो समयपश्चात सार्वजनिक मञ्चमा भेट भएको यो पहिलोपटक हो । प्रधानमन्त्री देउवाले प्रधानमन्त्रीको रुपमा शपथ लिँदासमेत राष्ट्रपति कार्यालय शीतल निवासमा ओली जानुभएको थिएन ।