१५ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशनमा प्रधामन्त्री देउवा



अ+ अ-

चितवन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा अतिथिका रुपमा चितवनस्थित नारायणी नदीको किनारमा बनाइएको महाधिवेशन उद्घाटन स्थल पुग्नुभएको छ ।

महाधिवेशन स्थलमा प्रधानमन्त्री देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकसाथ प्रवेश गर्नुभएको हो । उहाँहरु महाधिवेशन स्थलमा पुगेर अभिवादन गर्दा नेकपा एमालेका हजारौँ नेता तथा कार्यकर्ताले हुटिङ तथा नाराबाजी गरेका थिए ।

संवैधानिक परिषद्को बैठकमा भेट भएका प्रधानमन्त्री देउवा र नेकपा एमालेका अध्यक्ष ओलीबीच लामो समयपश्चात सार्वजनिक मञ्चमा भेट भएको यो पहिलोपटक हो । प्रधानमन्त्री देउवाले प्रधानमन्त्रीको रुपमा शपथ लिँदासमेत राष्ट्रपति कार्यालय शीतल निवासमा ओली जानुभएको थिएन ।