२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘शिक्षाका ती दिन’ विमोचन



अ+ अ-

 

 

 

काठमाडौँ । शिक्षाविद् एवं साहित्यकार पुष्पराज पौडेलको ‘शिक्षाका ती दिन’ पुस्तकको विमोचन गरिएको छ ।

हेड्स नेपालद्वारा शनिबार पद्मकन्या क्याम्पसमा आयोजित कार्यक्रममा साहित्यकार एवं पूर्वशिक्षामन्त्री मोदनाथ प्रश्रितले उक्त पुस्तक विमोचन गर्नुभयो ।

कार्यक्रममा पूर्वमन्त्री प्रश्रितले पुस्तकले नेपालको विगत पाँच दशक अगाडिको शिक्षण अवस्थालाई चित्रण गरेको बताउनुभयो । “पुस्तकले विगतको नेपालको शिक्षा प्रणालीलाई दर्शाएको छ”, उहाँले भन्नुभयो । पुस्तक आगामी पुस्तालाई पठनीय हुने उहाँको भनाइ छ ।

पुस्तकको समीक्षा गर्दै साहित्यकार तीर्थराज वन्तले पुस्तकमा शब्द चयन एवं भाषाशैली सहज भएको बताउनुभयो । “भाषाशैलीले पुस्तकमा मिठासपन ल्याएको छ”, उहाँले भन्नुभयो ।

पुस्तकका लेखक पौडेलले नेपालको शिक्षाको महत्वलाई उजागर गर्ने उद्देश्यका साथ पुस्तक लेखेको बताउनुभयो । हेड्स नेपालका अध्यक्ष ईश्वरचन्द्र बानियाँले पुस्तकले नेपालको समग्र शिक्षाको अवस्थालाई चित्रण गरेकाले प्रकाशनमा ल्याइएको जानकारी दिनुभयो । रासस