४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

निर्मला हत्या प्रकरण : गुडागर्दी गर्दै प्रहरी, अपराध नस्वीकारेमा मार्ने धम्की

निर्मला हत्या प्रकरण : गुडागर्दी गर्दै प्रहरी, अपराध नस्वीकारेमा मार्ने धम्की
अ+ अ-

काठमाडौं । निर्मला पन्तको बलात्कार र हत्याप्रकरणको अनुसन्धानका लागि पक्राउ गरिएका विशाल चौधरीलाई प्रहरीले रिहा गरेको छ।

अनुसन्धानका लागि भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेका कञ्चनपुर भीमदत्त नगरपालिका १८ सालघारीका १६ वर्षीय विशाल चौधरीलाई शुक्रबार रिहा गरेको हो।

परिवारका सदस्यहरुलाई भने शनिबार मात्रै जिम्मा लगाइएको छ। प्रहरीले शुक्रबार बालबालिका खोजतलास समन्वय केन्द्रको जिम्मा लगाएर छोडेको थियो।

केन्द्रले शनिबार काठमाडौंबाट महेन्द्रनगर ल्याएर परिवारको जिम्मा लगाएको हो। ‘हिजो प्रहरीले हाम्रो जिम्मा लगाएर छोडेको थियो’, बालबालिका खोजतलास केन्द्रका कार्यक्रम सहायक सन्तोष चन्दले भने,‘आज बिहान प्लेनबाट ल्याएर हामीले परिवारको जिम्मा लगाएका छौं।’

शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको रोहबरमा विशाललाई परिवारको जिम्मा लगाइएको हो। विशालका बुबा वीरवहादुर चौधरीले जिम्मा लिएका हुन्। ‘मेरो निर्दोष छोरालाई यति दिनसम्म हिरासतमा राखेर यातना दिइयो’, वीरबहादुरले भने, ‘उसलाई हिरासतमा राखेर पनि डर देखाइएको रहेछ।’

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाले शनिबार प्रहरी कार्यालयको रोहबरमा बालबालिका खोजतलास केन्द्रले परिवारको जिम्मा लगाएको बताए।

‘केन्द्रीय अनुसन्धान ब्यूरोले नै काठमाडौंमा राखेर अनुसन्धान गरिरहेको थियो’, उनले भने,‘अहिले अनुसन्धानपछि ब्यूरोले नै छोडेको हो।’

उनले अनुसन्धानमा प्रहरी सुक्ष्म रुपले नै लागिरहेको बताए। प्रहरीले विशाल चौधरी र हिरासतमै रहेका अर्का प्रदिप रावलको डीएनए परीक्षण समेत गरेको थियो।

डीएनएको रिपोर्ट नमिलेको यसअघि नै खबर बाहिरी सकेको छ। तर कञ्चनपुर प्रहरीले भने अहिलेसम्म रिपोर्ट आधिकारिक जिल्लासम्म नपुगेको जनाएको छ। प्रहरी स्रोतका अनुसार विशालको डीएनए नमिलेपछि उनलाई रिहा गरिएको हो।
कञ्चनपुरको भीमदत्त नगरपालिका १८ भगतपुरकै प्रदिप रावल भने केन्द्रीय अनुसन्धान ब्यूरोकै हिरासतमा रहेका छन्।
अनुसन्धानकै क्रममा काठमाडौंमा प्रदिप रावल पक्राउ परेपछि उनकै बयानका आधारमा मंसिर १९ गते कञ्चनपुरबाट विशाल चौधरीलाई समेत पक्राउ गरेर २० गते काठमाडौ पठाएको थियो।

साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा अझै पक्राउ पर्न सकेको छैन।

हत्या भएको ५ महिना पुग्नै लागेको छ। छोरीका हत्यारा सार्वजनिक गर्न माग राखेर निर्मलाका बुवाआमाले कात्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालयको बाहिर सुरु गरेको अनिश्चितकालीन धर्ना जारी छ।

डरत्रास देखाएपछि आरोप स्वीकारेँ
निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका विशालले आफूलाई डरत्रास देखाएपछि आरोप स्वीकारेको बताएका छन्।

शुक्रबार रिहा भएपछि शनिबार महेन्द्रनगर पुगेका विशालले प्रहरीले मानसिक यातना दिएकै कारणले आफूले स्वीकार गरेको बताए। ‘प्रदिपले स्वीकारी सक्यो त पनि स्वीकार नत्र राम्रो हुन्न भनेर डर देखाइयो’, शनिबार प्रहरी कार्यालयमा पत्रकारमाँझ उनले भने,‘मारिदिन्छौ भन्ने जस्ता धम्कीले मलाई पनि डर लाग्यो र आरोप स्वीकारेको हुँ।’ उनले प्रहरीले कञ्चनपुरमै पक्राउ गरेपछि आफूलाई डर देखाएको बताए।

‘मलाई पुलिसमा जागिर लगाइदिने जस्ता पनि लोभ देखाए’, उनले भने, ‘काठमाडौंमा आँखामा कालोपट्टी र हातमा हतकडी लगाएर हिरासतमा राखियो।’ राति डियुटीमा रहने प्रहरीले बन्दुक देखाएर मार्दिन्छु भनेर धम्की समेत दिएको उनको आरोप छ।

साउन १० गते साँझपख विशाललाई प्रहरीले पक्राउ गरेको बताए पनि विशालले भने आफूलाई प्रहरीले १२/१ बजेतिर नै पक्राउ गरेको बताए। ‘मलाई कुखुरा चोरेको आरोपमा साउन १० गते दिउँसै पक्राउ गरिसकेको थियो’, उनले भने,‘साँझतिर त म सालघारीकै चौकीमा घास उखेल्दै थिए।’ समाचार अन्नपूर्ण पोष्टमा छ ।