६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिग लिडर बार्सिलोनाको अर्को जित, रोनाल्डो बिनाको रियल मड्रिड चौथो स्थानमा यथावत



अ+ अ-


काठमाडौं । स्पेनिस ला लिगा अन्तरगत गएराति भएको खेलमा उपाधिको दाबेदार बार्सिलोनाले अर्को सहज जित निकालेको छ । क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोमाथि २–० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा उसका स्टार खेलाडि तथा टिमका कप्तान लिओनल मेस्सी र उसामान डेम्बेलेले समान १–१ गोल गरे ।

पहिलो हाफको १०औं मिनेटमै डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाएका थिए । उनले विपक्षी गोलरक्षकको कमजोर सेभबाट रि–बाउन्ड भएर आएको बललाई सर्टिक गोल गरेका हुन् ।

कप्तान मेस्सीले खेलको ४५औं मिनेटमा अर्के गोल गर्दै आफ्नो अग्रता २–० मा पुर्याएका थिए । उनले अल्बाको पासमा गोल गरेका हुन् । मेस्सीको गोलसँगै बार्सिलोनाले पहिलो हाफमा २–० को सहज अग्रता लिएको थियो । त्यसपछि दोस्रो हाफमा दुवै टिमबाट गोल हुन सकेन ।

जितसँगै बार्सिलोनाको १७ खेलबाट ३७ अंकका साथ लिगको शीर्ष स्थानमा यथावत नै रहेको छ । समान १७ खेल खेलेको एथ्लेटिको मड्रिड ३४ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै १६ खेल खेलेका सेभिल्ला ३१ अंकसहित तेस्रो स्थानमा छ । सेभिल्लासँग समाना खेल खेलेको रोनाल्डो बिनाको रियल मड्रिड २९ अंकका साथ चौथो स्थानमा रहेको छ ।