६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोकिएन बालिका बेचबिखन,दुई प्रकाउ



अ+ अ-


नुवाकोट । नाबालिकालाई फकाएर भारततर्फ बिक्रीका लागि लैजाँन खोज्नेलाई प्रहरीले प्रकाउ गरेको छ । फकाएर भारत लैजाने क्रममा तादी गाउँपालिका–२ नुवाकोटका कान्छा तामाङ र बुद्धिमान तामाङ पक्राउ परेका हुन् ।

राम्रो काम लगाइदिने भनेर नुवाकोटको दुर्गम क्षेत्रमा पर्ने गाउँका बालिकालाई भारतमातर्फ लैजाँदै गर्दा बाहुनबेँसीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार शुक्रबार साँझ नियन्त्रणमा लिएको र घटनामा संग्लग्न अरुको खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई आज जिल्ला अदालत नुवाकोटमा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि हिरासतमा राख्न म्याद लिइने प्रहरीले जनाएको छ ।

प्रकाउ परेका अभियुक्त बिरुद्द यस अघि नि मानब बेचबिखनका आरेप लाग्दै आएको थियो ।