४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

दाइजो प्रथाले साताउदै मुुसलमान समुदायलाई

दाइजो प्रथाले साताउदै मुुसलमान समुदायलाई
अ+ अ-

विराटनगर । दाइजोलाई  अवैध मानेका मुसलमान समुदायमा पछिल्लो समयमा दाइजो प्रथाले विकराल रूप लिँदै आएको छ ।

कुनै समयमा बिना लेनदेन आपसी सल्लाह र समझदारी हुने विवाह अहिले दाइजो प्रथाले जरा गाड्दै गएपछि मुसलमान समुदाय पनि चिन्तित छन् ।

दाइजो लिनु र दिनु दुवै हराम मानेका मुसलमानहरू किन दाइजो लिन तम्सेका छन् आश्चर्य मान्दै मुसलमान धर्म गुरु मौलाना गुलाम रसुल भन्नुहुन्छ, “पवित्र धार्मिकग्रन्थ ‘कुरान’ को उपहास गर्ने मुसलमानलाई अल्लाहले माफ गर्ने छैन ।”

दाइजो प्रथा आफँैमा अस्वीकार्य कुरा हो, तर पनि दाइजो दिन मुसलमान समुदायका मानिस बाध्य छन् । दाइजोमा मुसलमान समुदायका मानिसले अहिले नगद, मोटरसाइकल, जिन्सी सामान र फर्निचरका सामान माग्ने गरेका छन् ।

समुदायमा केहीले जवान छोरीलाई घरमा राख्नुभन्दा दाइजो दिएर विवाह गर्नु नै उत्तम हो भन्ने मान्यता राख्न थालेका छन् । दाइजोले उग्ररूप लिएपछि प्रदेश नं २ को वीरगञ्जबाट शुरु भएको दाइजोविरुद्धको १० दिने अभियानकै क्रममा मोरङको धनपाल गाउँपालिकामा इस्लामी सङ्घ मोरङले शनिबार एक ¥याली निकाली दहेज ९दाइजो०को विरोध गरेका छन् ।

‘छोरीलाई दाइजो होइन, पैतृक सम्पत्तिमा अंश दिऊ’ भन्ने नाराका साथ मोरङका मुस्लिम समदाय दहेज विरुद्ध अभियानमा जुटेका छन् । दाइजोको विरोध गर्दै मोरङको कर्सियामा निस्केको ¥यालीपछि भएको कोणसभामा मुसलमान अगुवाले दाइजो लिनु र दिनु दुवै पाप हो भनेका छन् । अगुवा तथा स्थानीय प्रतिनिधिले अबदेखि छोराछोरीको विवाहमा दाइजो नलिने र नदिने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।

धनपालथान गाउँपालिका–६ का वडाध्यक्ष मोहमद हुसेनले दाइजो प्रथाको अन्त्यका लागि अभियान शुरु गरेको भन्दै अभियानलाई घरघरसम्म पु¥याउनेमा जोड दिनुभयो । धर्मगुरु मौलान सयदले दाइजोविरुद्धको अभियानलाई सफल बनाउन यसको शुरुआत परिवार र समुदायबाट हुनुपर्ने बताउनुभयो ।

धनपालथान गाउँपालिकाका–४ का वडाध्यक्ष रोशन राजवंशी, सामाजिक अगुवा अश्विनी मण्डललगायतले उमेर नपुगी छोराछोरीको विवाह गर्ने र दाइजो दिने र लिनेलाई सामाजिक बहिष्कार गर्नुपर्नेमा जोड दिनुभयो ।

इस्लामी सङ्घको आयोजनामा निस्किएको ¥यालीले कर्सिया बजारको परिक्रमा गरेको थियो । यो अभियान मोरङको १७ वटै स्थानीय निकायमा शुरु भएको कार्यक्रममा जानकारी गराइएको थियो । यो अभियान विगतमा सुनसरीको सोनापुर छताबेलीबाट पनि शुरु भएको थियो र अभियानमा लागेका मानिसले नै आफ्ना छोराको विवाहमा हाकाहाकी दाइजो लिन थालेपछि यो अभियान बीचमै तुहिएको थियो ।

दाइजो दिने प्रथा सुनसरी, मोरङ र झापाभन्दा पश्चिमका जिल्लामा तीव्रता देखिएकाले दाइजोको लोभ सुनसरी र मोरङमा धेरै मुसलमान समुदायका मानिस आफ्ना छोराका विवाह उतै गर्न तम्सिरहेका हुन्छन् ।

हाजी मोहम्मद अब्दुल भन्नुहुन्छ, “अशिक्षा र अज्ञानताका कारण दाइजोले समुदायमा जरा गाड्न थालेपछि आफ्ना छोराछोरीलाई असल शिक्षा दिएर यसलाई पुरानै अवस्थामा फर्काउनु पर्छ ।” रासस