२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेइमार बिना मैदान उत्रेको पीएसजीको अर्को जित



अ+ अ-


काठमाडौं । पीएसजीले नन्टलाई १–० गोल अन्तरले हराउदै लिग वानमा १३ अंकको अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा खेलको एक मात्र गोल एम्बाप्पे गरेका थिए । उनकै एक मात्र गोलको मदतबाट पीएसजीले नन्टलाई १–० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा पीएसजीका लागि ६८ औं मिनेटमा एम्बाप्पेले क्लोज रेन्जबाट गोल गरेका थिए । उक्त १ गोलसँगै जारी सिजनमा १२ खेलबाट १३ औं गोल पुर्याएका हुन् ।

कम्बरको चोटका उपचारका लागि ब्राजिल गएका नेइमार बिना मैदान उत्रेको पीएसजीले खेलामा आफ्नो दबदबा जमाउन भने सकेन ।

जितसँगै पीएसजीले १७ खेलबाट ४७ अंक बनाएको छ भने दोस्रो स्थानमा रहेको लिलेको १९ खेलबाट २४ अंक रहेको छ । नन्ट भने २० अंकका साथ दशौं स्थानमा छ ।