४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

यी हुन् विश्वमा धेरै बिक्री भएका १० मोबाइल फोन

यी हुन् विश्वमा धेरै बिक्री भएका १० मोबाइल फोन
अ+ अ-

विश्वमा मोबाइल फोनको प्रयोग भएदेखि यता अहिलेसम्म सबैभन्दा धेरै बिक्री भएको मोबाइल फोन कुन होला रु सामसुङ र एप्पलका पछिल्ला मोडेलका चर्चित स्मार्टफोन दुनियामा सबैभन्दा धेरै बिकेका मोबाइल फोन हुन् भन्ने तपाईंले सोच्नुभएको छ भने तपाईं गलत हुनुहुन्छ । विश्वमा अहिलेसम्म सबैभन्दा धेरै बिक्री भएका स्मार्टफोनको सूचीमा टप टेनसम्म सामसुङको ग्यालेक्सी एस वा नोट सिरिज र नयाँ आइफोनका मोडेल कुनै पर्दैनन् ।

आखिर विश्वमा अहिलेसम्म धेरै बिक्री भएका मोबाइल फोन कुन् हुन् त र? टपटेन सूची यस्तो छः

१. नोकिया ११००ः नोकियाको ११०० मोडेलको यो मोबाइल फोन विश्वको मोबाइल फोनको इतिहासमा अहिलेसम्म सबैभन्दा धेरै बिक्री भएको मोबाइल फोन हो । सन् २००३ मा लञ्च भएको यो मोबाइल फोन अहिलेसम्म २५ करोड भन्दा धेरै बिक्री भएको छ ।

२. नोकिया १११०ः विश्वमा अहिलेसम्म सबैभन्दा धेरै बिक्री भएको मोबाइल फोनको दोस्रो नम्बरमा नोकियाको १११० मोडेलको मोबाइल फोन रहेको छ । त्यो फोनमा न त क्यामरा थियो, न त कुनै फेन्सी डिजाइन । तर पनि यो फोन झण्डै २५ करोडको हाराहारीमा बिक्री भइसकेको छ ।

३. आइफोन सिक्स र सिक्स प्लसः आइफोनको सिक्स सिरिजका यी दुई स्मार्टफोन विश्वमा अहिलेसम्म सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन हुन् । आइफोन सिक्स र सिक्स प्लस अहिलेसम्म २२ करोड गोटाभन्दा धेरै बिक्री भैसकेका छन् । सन् २०१४ मा आइफोन सिक्स र सिक्स प्लस एप्पलले लञ्च गरेको थियो ।

४. नोकिया ३२१०ः नोकियाको ३२१० मोडेलको मोबाइल फोन सन् १९९९ मा लञ्च भएको थियो । त्यस समयमा फोनको प्रयोग केवल कल गर्न र मेसेज पठाउन मात्र हुन्थ्यो । मजबुत तथा विभिन्न रङका उपलब्ध नोकिया ३२१० निकै लोकप्रिय र सफल भयो । नोकिया ३२१० अहिलेसम्म १५ करोडभन्दा बढी बिक्री भैसकेको छ ।

५. नोकिया १२००ः नोकिया १२०० को सबैभन्दा महत्वपूर्ण फिचर भनेको यसको ब्याट्री लाइफ नै थियो । यस फोनको टकटाइम ७ घण्टा तथा स्टाण्डबाई टाइम ३९० घण्टा थियो । उक्त फोनमा फ्लास लाइट पनि उपलब्ध थियो । सन् २००३ मा लञ्च भएको यो मोबाइल फोन पनि १५ करोडको हाराहारीमा बिकेको थियो ।

६. नोकिया ६६००ः उक्त फोनको डिजाइनले नै यसलाई विशेष बनाएको थियो । सन् २००३ मा सार्वजनिक भएको यो फोन त्यसबेलाको महंगो फोन थियो । तर पनि नोकिया ६६०० झण्डै १५ करोडको हाराहारीमा बिक्री भयो ।

७. नोकिया ५२३०ः नोकियाको ५२३० पहिलो स्मार्टफोन पनि हो । ३.२ इन्चको टचस्क्रिन भएको उक्त मोबाइल फोनमा २ मेगापिक्सेलको क्यामरा तथा १२८ एमबीको र्याम थियो । नोकिया ५२३० पनि १५ करोड गोटा बिकेको थियो ।

८. सामसुङ इ ११००ः यो मोबाइल फोन सन् २००९ मा लञ्च भएको थियो । १.५२ इन्चको डिस्प्ले रहेको उक्त फोनमा १ एमबी इन्टरनल स्टोरेज थियो । निकै बलियो हुनुका साथै ब्याट्री लाइफसमेत बढी भएको यो मोबाइल फोन पनि झण्डै १५ करोड गोटा बिकेको थियो ।

९. नोकिया २६००ः सन् २००४ मा नोकियाले ल्याएको यो मोबाइल फोनमा डेढ इन्चको डिस्प्ले थियो । निकै सुन्दर तथा बलियो बडी रहेको उक्त मोबाइल फोनको मूल्य पनि सस्तो भएको हुनाले निकै लोकप्रिय बन्यो । उक्त फोन झण्डै साढे १३ करोड गोटा बिकेको थियो ।

१०. मोटोरोला रेजर भी थ्री – यो सबैभन्दा धेरै बिक्रि भएको पट्याउन मिल्ने फ्लिप फोन हो । आफ्नो समयमा यो आइकन नै थियो । यो फोन पनि १३ करोड भन्दा धेरै बिकेको थियो ।

एजेन्सी