४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

पार्टीलाई सुधार्न महासमिति बैठकले योगदान पुर्यायो : वरिष्ठ नेता पौडेल

पार्टीलाई सुधार्न महासमिति बैठकले योगदान पुर्यायो :  वरिष्ठ  नेता पौडेल
अ+ अ-

 

दमौली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रका कमजोरी सुधार्नका लागि महासमिति बैठकले महत्वपूर्ण योगदान पुर्याएको बताउनुभएको छ ।

गृहजिल्ला तनहुँको दमौलीमा आज सञ्चारकर्मीसँग वरिष्ठ नेता पौडेलले महासमिति बैठकले पार्टीभित्रको कमजोरीलाई चिरफार गरी एकताको बाटोमा हिँडाउन सहयोग पुर्याएको बताउनुभएको हो ।

महासमिति बैठकबाट पारित विधान विश्वकै राजनीतिक दलको विधानभन्दा उत्कृष्ट बनेको दावी गर्दै पौडेलले काङ्ग्रेसको संरचना नमूना बनेको बताउनुभयो । राजनीतिक पार्टीमा तलदेखि माथिसम्म समावेशी बनाएर लैजान बनेको विधान काङ्ग्रेस पार्टीभित्रको आत्मविश्वासको प्रतीक भएको नेता पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाली काङ्ग्रेसभित्र अब कुनै नेताको मनोमानी चल्न सक्दैन, विधानले पार्टीभित्र पूर्ण लोकतान्त्रिकको बाटोमा लैजान सहयोग पुर्याउनेछ र समग्र पार्टीकै लोकतान्त्रिकरणमा टेवा दिनेछ ।”

लोकतन्त्रको लागि लडेको नेपाली काङ्ग्रेस अब आफू पनि लोकतान्त्रिक संस्कारमा अघि बढ्दै देशलाई लोकतान्त्रिक बाटोमा हिँडाउन लागिपर्ने नेता पौडेलले बताउनुभयो । विगतमा पार्टी कृपावाद र नातावादमा चल्ने गरेको आरोप लगाउँदै उहाँलले अब पार्टीभित्र क्षमता र योगदान भएका व्यक्तिले पार्टी सञ्चालन गर्ने बताउनुभयो । “निगाह र कृपाको आधारमा अगाडि बढ्ने प्रवृत्ति अब अन्त्य भएको छ”, उहाँले भन्नुभयो ।

वरिष्ठ नेता पौडेलले महासमिति बैठकले पास गरेको विधानले सबै वर्गलाई समेटेको उल्लेख गर्दै भन्नुभयो, “यो महासमिति बैठक गौरवपूर्ण उपलब्धिका साथ आज दिउँसो सम्पन्न हुँदैछ ।”

वरिष्ठ नेता पौडेलले पार्टीलाई धर्मको विवादमा फसाउन नहुने भन्दै राजनीतिलाई धर्मसँग जोड्न नहुने टिप्पणी गर्नुभयो । नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय मुलुक भएकाले सबै धर्मलाई समान व्यवहार हुनुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “नेपाली काङ्ग्रेस सबै जनताको प्रतिनिधि हो, एउटा पक्षलाई मात्रै समातेर पार्टी चल्न सक्दैन । नेपाली काङ्ग्रेस धर्मको विवादमा धेरै फस्नु हुँदैन ।” रासस