४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

मानव सेवा घरलाई सहयोग

मानव सेवा घरलाई सहयोग
अ+ अ-


काठमाडौँ । मानव कल्याण सेवा घरलाई विभिन्न व्यक्ति तथा संस्थाले आर्थिक तथा घरायसी सामग्री सहयोग गरेको छ ।

भक्तपुरको चाँगुनारायण–७ स्थित उक्त सेवा घरको शनिबार सम्पन्न कार्यक्रमा स्वदेशी उत्पादनको रूपमा तेल, साबुन र सरफ उत्पादन गरिरहेको कलकल ग्रुप प्रालिले मासिक रु १० हजार सहयोग गर्ने प्रतिबद्धतासहित एक महीनाको रकम हस्तान्तरण गरेको छ ।

व्यावसायिक पाटोसँगै सामाजिक पाटोलाई सँगै अघि सार्ने उद्देश्यले सो सहयोग गरिएको कलकल ग्रुपका अध्यक्ष सरीता शर्माले बताउनुभयो । उक्त सहयोग रकम कम्पनीका चार शेयर सदस्य करुण पराजुली, प्रतिज्ञा पौडेल, सरीता शर्मा र रगीता बस्नेतको तर्फबाट प्रत्येक महीना निरन्तर सहयोग हस्तान्तरण गरिने बताइएको छ । त्यस्तै कार्यक्रममा अखिल नेपाल महिला सङ्घका सचिव उत्तरा नेपालले एक बोरा चामल र नुच्छेरत्न खाइतुले एक थान प्रेसर कुकर सहयोग गर्नुभएको छ ।
उक्त सेवा घरले बेवारिसे मानिसलाई लगेर संरक्षण गर्ने मात्र नभई पहिचानका आधारमा घरपरिवारसँग मिलन गराउनेसमेत गरेको छ । स्थापनाको छोटै समयमा करीब दुई दर्जनको हाराहारीमा बेवारिसे व्यक्तिलाई आफ्नो घरपरिवारमा पु¥याइ मिलन गराएको छ । सेवा घरमा पानी, बत्ती, खाद्यान्न, औषधि, इन्धन, बिजुली, शिक्षा, तरकारी, दहीदूध, घर भाडा आदिका लागि मासिक रु दुई लाख खर्च हुँदै आएको छ ।

निःशुल्क सीपमूलक तालीम

ग्रामीण क्षेत्रको विकासका लागि मैत्री एवं मित्रता ‘फ्राड्स’ले आगामी दुई वर्षमा रामेछापका एक हजार युवालाई निःशुल्क सीपमूलक व्यावसायिक तालीम दिने घोषणा गरेको छ ।

निःशुल्क स्वरोजगारमूलक तथा सीपमूलक व्यावसायिक तालीम दिँदै आएको सो संस्थाले आगामी वर्ष सन् २०१९ देखि स्वरोजगारमूलक र सीपमूलक व्यावसायिक तालीममा बढी जोड दिने बताइएको छ । राजधानीमा शनिबार सम्पन्न उक्त संस्थाको १३औँ वार्षिक साधारणसभामा संस्थाले हालसम्म शिक्षा, स्वास्थ्य तथा युवा स्वरोजगार कार्यक्रमलगायतलाई जोड दिँदै आएको जानकारी दिइयो ।
संस्थाका महासचिव पवनविक्रम कार्कीले साधारणसभामा संस्थाको प्रगति विवरण तथा भावी योजना प्रस्तुत गर्नुभएको थियो । संस्थाले स्किल नेपाल, प्राविधिक शिक्षा तथा व्यावसायक तालीम परिषद् र दातृ निकायसँग मिलेर युवायुवतीलाई सिलाइकटाइ, इलेक्ट्रिसियन, ब्यूटीसियन, मोबाइल मर्मत र कम्प्युटर मर्मतजस्ता सीपमूलक व्यावसायिक तालीम दिँदै आएको छ ।
संस्थाका अध्यक्ष खिम्मक विकको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष दावा शेर्पाले संस्थाको गतिविधि तथा भावी योजना र कोषाध्यक्ष पेम्वाकाजी शेर्पाले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका संस्थापक अध्यक्ष एवं नेपाल प्रकृति संरक्षण कोषका सदस्य सचिव गोविन्द गजुरेल, सदस्य राजेन्द्र बस्नेत, भावना कार्की, हिमाली बालगृह उमाकुण्डका अध्यक्ष तीर्थ कार्की, भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक भरत कार्कीलगायतले संस्थाले गर्दै आएका गतिविधिबारे विचार राख्नुभएको थियो । सो संस्थालाई जर्मन दातृ निकायले सहयोग गर्दै आएको छ । रासस