४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

इन्डोनेसियामा आयो खतरनाक ज्वालामुखी र सुनामी, ६२ को मृत्यु सयौँ बेपत्ता

इन्डोनेसियामा आयो खतरनाक ज्वालामुखी र सुनामी, ६२ को मृत्यु सयौँ बेपत्ता
अ+ अ-

जकार्ता,  इन्डोनेसियामा आइतबार भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान जाने व्यक्तिको सङ्ख्या ६२ पुगेको समाचार छ । आइतबार बिहान इन्डोनेसियाको समुद्रीतटमा आएको सुनामीका कारण धेरै नागरिकको ज्यान गएको बताइएको छ । सो सुनामीका कारण कम्तीमा पनि ६२ जनाको मृत्यु भएको इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले जानकारी दिएको छ ।
सो विभागकाअनुसार पछिल्लो समाचारमा करिब ५८४ जना घाइते भएका छन् भने कैयाँै व्यक्ति हराइरहेका छन् । हराएको व्यक्तिको खोजी गर्न कठिनाई देखिएको छ । समुद्री तटमा अझै पनि सुनामीको सम्भावना रहेको बताइएको छ । जसका कारण अहिले पनि सो क्षेत्रमा सतर्कता अपनाइएको प्राप्त समाचारहरुमा जनाइएको छ । आइतबार एकाबिहानै इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएको र त्यसलगत्तै सुनामी आएको हो । यहाँको सुन्दा स्ट्रेटस्थित समुद्री तटमा सुनामी आएको समाचारमा जनाइएको छ ।

ज्वालामुखी र सुनामी दुवै शक्तिशाली रहेका बताइएको छ । सोही कारण पनि हराइरहेका व्यक्तिको सङ्ख्या अझै यकिन हुन सकिरहेको छैन । त्यसैगरी घाइतेको सङ्ख्या पनि अझै बढ्न सक्ने अनुमान गरिएको छ । शक्तिशाली सुनामीका कारण ठूलो क्षति भएको अधिकारीहरुले जनाएका छन् । मृत्युको सङ्ख्या बढ्न सक्ने अनुमान यहाँको विपद् व्यवस्थापन एजेन्सीले गरेको पनि इन्डोनेसियाबाट प्राप्त समाचारहरुमा जनाइएको छ । सो एजेन्सीका अनुसार, सुनामीबाट कैयौँ व्यक्ति हराइरहेका छन् । समुद्री तट नजकिको वस्तीको वरपरका सयौँ घर भत्किएका छन् । त्यस्तै ती क्षेत्रमा रहेका भौतिक संरचना पनि ढलेका छन् ।

यसबाट सबैभन्दा धेरै पाडेलाङ, दक्षिण लाम्पुङ र सेराङ नामका क्षेत्रहरुमा अन्यत्र भन्दा बढी क्षति पुगेको सरकारी अधिकारीहरुले बताएका छन् । सो क्षेत्रका विपद् व्यवस्थापनमा खटिरहेका अधिकारीहरुले सार्वजनिक गरेका तस्बिरहरुमा प्रभावित क्षेत्रका केही नगरहरु पानीमा डुबेको देखिन्छ । यहाँ बारम्बार ज्वालामुखी विस्फोट हुने गर्दछ । आइतबार बिहानको ज्वालामुखीको नाम क्राकाटोआ हो । आइतबारको यस ज्वालामुखी विस्फोटपछि सुनामी आएको हो । भौगर्भिक अधिकारीहरुले पहिला ज्वालामुखी विस्फोट भएको र त्यसका कारण समुद्रमुनिको जमिनमा पहिरो गएकोले सुनामी आएको हुनसक्ने अनुमान गरेका छन् ।

उनीहरुले अझै पनि सुनामीको खतरा रहेको भन्दै समुद्री किनार वरपरको वस्तीलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ ।
इन्डोनेसिया विगत लामो समयदेखि नै ज्वालामुखी, भूकम्प र सुनामीको चपेटामा पर्दै आइरहेको छ । यसै वर्षको सेप्टेम्बर महिनामा पनि त्यहाँ शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पबाट यहाँ ठूलो जनधनको क्षति भएको थियो ।