२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नरैनापुरको मुहार छिट्टै फेरिने



अ+ अ-


नेपालगञ्ज । बाँकेको राप्तीपारी विकट क्षेत्र बघौडामा पर्ने नरैनापुर गाउँपालिकालाई पूर्ण साक्षर तथा सरसफाइयुक्त बनाउन त्यहाँका प्रबुद्ध वर्ग लागिपरेका छन् । गाउँपालिकाले अघि सारेको पूर्ण साक्षर तथा सरसफाइ अभियानमा अहिले गाउँपालिकाका सबै वडाका जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, नागरिक समाजका अगुवालगायत सर्वसाधारण समेत एक भएका छन् ।

बाँके जिल्लाको दुई नगरपालिकासहित कूल आठ स्थानीय तहमध्ये भौतिक तथा मानवीय विकासमा सबैभन्दा पछाडि परेको सो गाउँपालिकालाई विकासको मूल प्रवाहमा जोडनु पर्नेमा सबै एकमत पनि भएका छन् । ‘‘सबैको सहयोगमा आगामी चैतसम्म यो अभियान सञ्चालन गर्छौं’’, गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले भन्नुभयो ।

नरैनापुरमा बिजुली बत्ती छैन, सरकारी कार्यालय छैनन, बाँकेको सदरमुकाम पुग्न बाटोको सहजता नभएकाले सीमापारी भारतीय बजारमा किनमेल गर्न जानुपर्दछ ।

गाउँपालिका क्षेत्रमा आगलागी भयो भने नेपालगञ्जबाट दमकल पुग्न नसक्ने अवस्थालाई दृष्ट्रिगत गरी दमकल खरीद गरिएको छ । हुलाकी राजमार्गले नरैनापुरलाई जोड्दै छ । नेपालगञ्जदेखि नरैनापुरको सूइयाल बघौडासम्मको ४४ दशमलब ६ किलोमिटर हुलाकी सडक कालोपत्र हुन थालेको छ ।

गाउँपालिका अध्यक्ष शाहले शिक्षा नै विकासको मूल आधार भएकाले नरैनापुरको शैक्षिक विकासका लागि आफू दत्तचित्त भएर लागिपरेको बताउनुभयो । अब एकजना पनि ‘आंैठाछाप’ नरहने मूल उद्देश्य र लक्ष्यका साथ गाउँपालिकाले पछिल्लो पटक शुरु गरेको पूर्ण साक्षर र सरसफाइ अभियानमा बाँके जिल्ला शिक्षा समन्वय एकाइ, शिक्षासँग सम्बन्धित विभिन्न गैरसरकारी संस्थाले पनि सघाएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतका अनुसार गाउँपालिकामा १२ हजार नागरिक निरक्षर छन् । अभियानले उनीहरु सबैलाई समेटेको छ । विशेषत : विद्यालय जाने उमेरका बालबालिकादेखि प्रौढ र वृद्धवृद्धालाई अभियानअन्तर्गत साक्षर बनाइने छ । रासस