४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

एकजुट भएर अघि बढनुपर्छ : पूर्व राष्ट्रपति

एकजुट भएर अघि बढनुपर्छ : पूर्व राष्ट्रपति
अ+ अ-


धनुषा । पूर्व राष्ट्रपति डा रामवरण यादवले देश बनाउन सबै नेपाली एकजुट भएर अघि बढनुपर्ने आवश्यक्ता रहेको बताउनुभएको छ ।

जनकपुरमा शनिबारदेखि शुरु भएको नेपाल जेसिजको ४५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले देश सङ्घीयतामा गइसकेको बेला विकासलगायत अन्य कार्य अझै मजबुतीका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले जेसिजले नेतृत्व कसरी गरिन्छ त्यो सिकाउने गरेकाले समाजका अन्य वर्गका व्यक्तिले पनि यसबाट शिक्षा लिनुपर्ने बताउनुभयो ।

समारोहमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको विकास पर्यटकले मात्रै हुने भएकाले यसमा जोड दिनुपर्ने बताउनुभयो । प्रदेश राजधानी जनकपुरमा ‘हो हामी चम्किन्छौं, थप जिम्मेवारीका साथ’ भन्ने मूलनाराका साथ शनिबारदेखि नेपाल जेसिजको राष्ट्रिय महाअधिवेशन जनकपुरधामको तिरहुतिया गाछीमा शुरु भएको छ । अबेर राति सम्पन्न उद्घाटन सत्र उक्त महाधिवेशनमा ७७ जिल्लाका जेसिज सहभागी रहेका छन् । अधिवेशन पुस १० सम्म चल्ने छ । रासस