६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकजुट भएर अघि बढनुपर्छ : पूर्व राष्ट्रपति



अ+ अ-


धनुषा । पूर्व राष्ट्रपति डा रामवरण यादवले देश बनाउन सबै नेपाली एकजुट भएर अघि बढनुपर्ने आवश्यक्ता रहेको बताउनुभएको छ ।

जनकपुरमा शनिबारदेखि शुरु भएको नेपाल जेसिजको ४५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले देश सङ्घीयतामा गइसकेको बेला विकासलगायत अन्य कार्य अझै मजबुतीका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले जेसिजले नेतृत्व कसरी गरिन्छ त्यो सिकाउने गरेकाले समाजका अन्य वर्गका व्यक्तिले पनि यसबाट शिक्षा लिनुपर्ने बताउनुभयो ।

समारोहमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको विकास पर्यटकले मात्रै हुने भएकाले यसमा जोड दिनुपर्ने बताउनुभयो । प्रदेश राजधानी जनकपुरमा ‘हो हामी चम्किन्छौं, थप जिम्मेवारीका साथ’ भन्ने मूलनाराका साथ शनिबारदेखि नेपाल जेसिजको राष्ट्रिय महाअधिवेशन जनकपुरधामको तिरहुतिया गाछीमा शुरु भएको छ । अबेर राति सम्पन्न उद्घाटन सत्र उक्त महाधिवेशनमा ७७ जिल्लाका जेसिज सहभागी रहेका छन् । अधिवेशन पुस १० सम्म चल्ने छ । रासस