४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

‘यूपीएफ’को बिबादमा फस्दै माधवकुमार, पन्छिँदै ओली र प्रचण्ड

‘यूपीएफ’को बिबादमा फस्दै माधवकुमार, पन्छिँदै ओली र प्रचण्ड
अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा बिबा चुलिदै गएको छ । विवादास्पद एसिया प्यासिफिक समिटमा प्रधानमन्त्री, माधवकुमार नेपाल लगायतका बिशिष्ट ब्यक्ति सहभागि भएपछि चर्को बहस सुरु भएको हो ।

‘एसिया प्यासिफिक समिटमा सरकारको सहभागिता र केपि ओलिलाई गरिएको सम्मानलाई लिएर नेताहरुले चर्को आलोचना धेरै भएपछि आइतबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले स्पष्टीकरण दिएका छन् । तर प्रधानमन्त्री ओलिेले भने स्पष्टीकरण दिने की ? नदिने भन्ने कुरा अझै टुङ्गो लागेको छैन ।

युनिभर्सल पिस फेडेरेसन (यूपीएफ) नराम्रो संगठन नभएको र उसले आयोजना गरेको सम्मेलनमा भाग लिएर आफूहरुले गलत काम नगरेको भन्दै बचाउ गरे । ‘जे भयो राम्रो नै भएको छ भन्नुभएको छ’ भन्दै माधवकुमार चोखिन खोजेको स्रोतले बताएको छ।

उनले आफू युनिभर्सल पिस फेडेरेसनमार्फत २२ पटक नभई ६ मात्रै पटक विदेश गएको स्पष्टीकरण समेत दिएको स्रोतले बताएको हो । साथै यो संस्थामाथि छानविन गर्ने भए गरौं भनेका छन्।

लगतै प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, रघुजी पन्त, वेदुराम भुसाल अग्नि सापकोटा लगालयतले वरिष्ठ नेताहरुले आपति प्रकट गरेका थिए । सम्मेलनमा सरकार र पार्टी शीर्ष तहको सहभागिता गलत भएको यसले पार्टी नेताहरुको छवि धमिल्याएको बरिष्ट नेताहरुले दाबि गरेका थिए ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले २०१२ सालमा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सरकारसँग मिलेर संयुक्त कार्यक्रम गर्ने प्रस्ताव आएको तर, आफूले विरोध गरेको जानकारी दिएका थिए ।

यो पटक पनि आफूले प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्ड दुबैलाई सचेत गराएको सुनाए । उनले भने, ‘मैले केपी ओलीलाई भेटेर तपाई फस्दै हुनुहुन्छ भनेको थिएँ ।’ उनले जानकारी दिएका थिए ।