४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

महानगरका जनप्रतिनिधिलाई आचारसंहिता

महानगरका जनप्रतिनिधिलाई आचारसंहिता
अ+ अ-

भरतपुर । भरतपुर महानगरपालिकाले जनप्रतिनिधिहरूको आचारसंहिता, २०७५ तयार पारेको छ । स्थानीय राजपत्रमा प्रकाशित गरेपछि लागू हुने महानगरले जनाएको छ ।

शनिबार सम्पन्न महानगरको कार्यपालिका बैठकले आचारसंहिता अनुमोदन गरेको छ । नगरसभाबाट अनुमोदनपश्चात् राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा आउने महानगरका कानून अधिकृत खगेश्वर अधिकारीले बताउनुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान र प्रचलित कानूनप्रति प्रतिबद्ध रही कानूनी राज्य, सङ्घीय लोकतान्त्रिक लाभको न्यायोचित वितरण व्यवस्थापन र दिगो विकासको अवधारणालाई मूर्तरूप दिन र जनप्रतिनिधहरूको मर्यादा, व्यवहारलाई शिष्ट बनाउन आचारसंहिता निर्माण गरिएको महानगर प्रमुख रेनु दाहालले बताउनुभयो ।

जनप्रतिनिधिहरूले कानूनले तोकेबमोजिमको कुनै काम गर्दा कसैबाट आर्थिक प्रलोभनमा परी कुनै प्रकारको दान, दातव्य, कोशेली, उपहार आफूले स्वीकार गर्ने वा आफ्नो परिवारको कुनै सदस्यलाई स्वीकार गर्न दिन नहुने आचारसंहितामा उल्लेख छ । तर कुनै ठाउँ विशेषको पहिचान झल्किने खालको उपहार लिन सकिने व्यवस्था गरिएको छ ।

सार्वजनिक हितका लागिबाहेक कार्यपालिकाको स्वीकृतिबिना कुनै कामका निम्ति कुनै किसिमको सहयोग माग्न वा त्यस्तो चन्दा स्वीकार गर्न वा कुनै किसिमको आर्थिक सहायता लिन नपाइने आचारसंहितामा उल्लेख भएको दाहालले बताउनुभयो ।

आफ्नो वा आफ्नो एकाघरको परिवारको कुनै सदस्यको नाममा जुनसुकै स्रोतबाट अचल सम्पत्ति खरीद गरेमा लागत मूल्यसमेतको जानकारी महानगरपालिकामा पेश गर्नुपर्ने, महानगरपालिकाले प्रकाशित गरेको सूचनाअनुसार गरिने कुनै पनि कामको खरीद प्रक्रिया ९ठेक्का, बोलपत्र०मा आफ्नो वा एकाघर परिवारको कुनै सदस्यको नाममा सहभागी हुन नपाउने व्यवस्था छ ।

सार्वजनिकस्थल तथा खुला ठाउँमा कुनै किसिमको पासा, जुवा, तास, चिट्ठा खेल्ने, बाजी लगाउने आदि जस्ता कार्य गर्न महानगरले रोक लगाएको छ । महानगरपालिकाको स्वीकृतबिना कुनै बैंक वा कम्पनीको स्थापना, रजिस्ट्रेशन वा सञ्चालनको काममा भाग लिनसमेत नपाउने आचारसंहितमा उल्लेख छ ।

महानगरपलिकाबाट स्वीकृत नलिई अख्तियारी नभई आफूले लेखेको वा प्राप्त गरेको कुनै कागजातपत्र वा सूचनालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपबाट महानगरपालिकाको प्रतिकूल हुनेगरी अनाधिकृत व्यक्ति वा कसैलाई सूचना गर्न नपाइने कानून अधिकृत अधिकारीले बताउनुभयो ।

महानगरपालिकाको दैनिक काम कारवाहीमा प्रतिकूल प्रभाव पर्ने वा कसैको व्यक्तिगत मानमर्दन हुनेगरी कुनै पत्रपत्रिकामा आफ्नो वास्तविक वा काल्पनिक नामबाट वा बेनामी कुनै लेख प्रकाशन वा रेडियो वा टेलिभिजन तथा समाजिक सञ्जालमार्फत प्रसारण गर्न रोक लगाइएको छ ।

कार्यालय समय वा पदीय कामका सिलसिलामा मादक पदार्थको सेवन गर्न नहुने, कार्यालय हाताभित्र तथा सार्वजनिक सभा, समारोह, बैठक आदि स्थलहरूमा मद्यपान, धुम्रपान, खैनी, सुर्ती, गुट्खा वा पान सेवन गर्न नपाइने आचारसंहितामा जनाइएको छ ।

महानगरपालिकाका उपप्रमुख पार्वती शाहका अनुसार आचारसंहिताको अनुगमनको समेत व्यवस्था गरिएको छ । उहाँका अनुसार उपप्रमुख तथा कार्यपालिकाका सदस्यहरूले आचारसंहिताको पूर्णरूपमा परिपालना गरे नगरेको सम्बन्धमा नगरप्रमुखले अनुगमन गरी सम्बन्धित जनप्रतिनिधिलाई आचारसंहिता पालन गर्न निर्देशन दिन सक्नेछ ।

वडा समितिका सदस्यहरूको वडाध्यक्षले अनुगमन गरी आचारसंहिता पालन गर्न निर्देशन दिनसक्ने व्यवस्था गरिएको छ भने नगरप्रमुखले आचारसंहिता पालन गरे नगरेको सम्बन्धमा कार्यपालिकाले अनुगमन गरी नगरसभामा प्रतिवेदन पेश गर्नेछ र आचारसंहिता पालन गराउन नगरसभाले निर्देश गर्न सक्नेछ । रासस