२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालयमा शौचालय समस्या हट्यो



अ+ अ-

 

बझाङ । रामपुर नगरपालिका–२ मा रहेको कालिका प्राथमिक विद्यालयमा शौचालयको समस्या हटेको छ ।

शौचालयको अभावमा झाडी र खोला किनारमा शौच गर्न बाध्य यहाँका शिक्षक, विद्यार्थीलाई अब झाडी, खोलाका किनार खोज्दै जाने समस्या सदाका लागि हटेको छ । वडा नं २ को कार्यालयद्वारा शौचालय निर्माण गरी अहिले प्रयोगमा ल्याइएको वडाध्यक्ष ताराबहादुर थापाले बताउनुभयो ।
वडा कार्यालय र विद्यालय नजीकै भएकै कारण पनि संयुक्तरुपमा शौचालय चालू गरिएको छ । सञ्चारमाध्यमलगायत धेरै ठाउँबाट शौचालय बनाउन दबाब परे पनि विद्यालयको आर्थिक अवस्था नाजुक हुँदा केही समयमा लागि वडा कार्यालयले निर्माण गरेको शौचालय प्रयोग गर्ने सहमति भएको विद्यालयका प्रधानाध्यापक बाबुराम घिमिरेले बताउनुभयो ।

विद्यालय बाँसको टहरामा सञ्चालन भइरहेको छ । भवनसमेत अभाव रहेको सो विद्यालयको भवन निर्माणतर्फ सहयोग गर्न शिक्षा शाखाले नगरपालिकासँग पहल गरिरहेको नगर शिक्षा अधिकृत रमाकान्त अर्यालले बताउनुभयो । उहाँले यसै वर्षभित्र जसरी भए पनि भवन निर्माणको व्यवस्था गरिने जानकारी दिनुभयो । उक्त विद्यालयमा ४५ जना विद्यार्थी अध्ययनरत छन् । यहाँ कक्षा नर्सरीदेखि ५ कक्षासम्म पठनपाठन हुँदै आइरहेको छ । रासस