१४ असार २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशनमा प्रधानमन्त्रीको आग्रह : सबै मिलेर लोकतन्त्रको रक्षा गरौँ



अ+ अ-

चितवन । प्रधानमन्त्री एबं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर लोकतन्त्रको रक्षा गर्नुपर्छ भन्नुभएको छ ।नेकपा एमालेको १० औ महाधिबेशनक उद्घाटनल समारोहलाई सम्बोधन  गर्दै उहाँन्ले भन्नुभयो, केपी ओलीजी, अरु बामपन्थी साथीहरु र हामी पनि सँगै जेल बसेको हो, म पनि जेल बसेकै हो त्यसरी ल्याएको प्रजातन्त्र हो, हामी सबै मिलेर यसको रक्षा गर्नुपर्छ । 

प्रधानमन्त्री देउवाले सबैको प्रयास र संघर्षबाट देशमा लोकतान्त्रिक संविधान जारी भएको र सो संविधानबमोजिम हामी संघीय शासन शासन प्रणालीमा गएकाले यसमा सबै लाग्नुपर्ने उहाँले बताउनुभयो । 

प्रधानमन्त्री देउवाले नेपाली काँग्रेस सधैँ लोकतान्त्रिक शासन पद्दतिको पक्षमा रहेको र हाल आफूले नेतृत्व गरेको सरकार पनि लोकतन्त्रको रक्षाका लागि लाग्ने भन्दै लोकतन्त्रका लागि सरकारलाई एमालेको सहयोग आवश्यक रहेको बताउनुभयो । 

उहाँले अहिले आफूले नेतृत्व गरेको सरकारले नागरिकलाई कोरोना महामारीबाट बचाउन खोपको व्यवस्थालाई प्राथमिकता दिएको बताउनुभयो । सरकारले खोपको लक्ष हासिल गरिरहेको र यसका लागि आगामी दिनमा देशका सबै पक्षको सहयोग र सद्भाव आवश्यक रहेको बताउनुभयो ।