२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षाकोठा अभावमा विद्यार्थी चौरमा



अ+ अ-


बाजुरा । कक्षाकोठा अभावमा जिल्लाको भगवती मावि बाह्रविस सेलापाखाका विद्यार्थी चौरमा पढ्न बाध्य भएका छन् । विद्यालयमा निर्माण गरिएको चारकोठे भवन ठेकेदारले हस्तान्तरण गर्न ढिलाइ गरेपछि विद्यार्थी चिसोको समय पनि खुला चौरमा पढ्न बाध्य भएका हुन् ।

बूढीगङ्गा नगरपालिका–१० मा रहेको उक्त विद्यालयमा कक्षा १० सम्मको पढाइ हुने गरेको छ । विद्यालयमा ५३० विद्यार्थी अध्ययनरत छन् । विद्यालय भवनसँगै बस्ने बेञ्च डेस्कको पनि अभाव रहेको छ । पुसको चिसोमा पनि खुला चौरमा बसेर पढ्नुपर्ने बाध्यताका कारण विद्यार्थी बिरामी हुने गरेका छन् । चारवटा कक्षाका विद्यार्थीलाई दैनिकजसो खुला चौरमा पढाउनुपर्ने हुँदा पठनपाठन कार्यसमेत प्रभावित हुने गरेको विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर शाहले बताउनुभयो ।

तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयको ३६ लाखमा निर्माण भएको भगवती माविको भवनको पहिलो किस्ताबाहेक बाँकी रकम नआएपछि ठेकेदारले ताला लगाएर बन्द राखेको छ । निर्माण खर्च नपाएसम्म भवन हस्तान्तरण नगर्ने अडानमा रहेका त्रिवेणी नगरपालिका–३ पूर्वूताका ठेकेदार खडक भण्डारी हाल भारतमा गएर बसेका छन् ।

ठेकेदारले हालसम्म चार लाख मात्र लिएको र बाँकी रकम मन्त्रालय नै नरहेपछि नआएको त्यहाँका स्थानीयवासी पारस रावलले बताउनुभएको छ । कामदार देखि अन्य सामग्रीको रकम तिर्न बाँकी रहेकाले लागत खर्च भुक्तानी नभएसम्म भवन नदिने ठेकेदारको अडान छ । भवन २०७३ सालमा निर्माण शुरु गरिएको थियो । रासस