४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

एघार वर्षपछि नवदुर्गा नाच प्रदर्शन शुरु

एघार वर्षपछि नवदुर्गा नाच प्रदर्शन शुरु
अ+ अ-


भक्तपुर । मध्यपुरथिमि नगरपालिकामा ११ वर्षदेखि बन्द भएको नवदुर्गा नाच प्रदर्शन यस वर्षदेखि शुरु भएको छ । भक्तपुरको धार्मिक र सांस्कृतिक महत्व बोकेको नवदुर्गा नाच प्रदर्शन मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको पहलमा ११ वर्षपछि यस वर्षबाट शुरु भएको हो ।

दश वर्षअघि मध्यपुरका केही स्थानीयवासीले मदिरा सेवन गरी देवगणमाथि अभद्र व्यवहार गरेको भन्दै सुरक्षाको कारण देखाउँदै फर्किएको देवगणले पुनः नाच प्रदर्शन गरेका थिएनन् । यसवर्ष मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठले नवदुर्गा नाचको सुरक्षा र आवश्यक खर्चलगायतको सहयोग गर्ने प्रतिबद्धता जनाएपछि योमरी पूर्णिमाको दिन साँझदेखि नवदुर्गा नाच प्रदर्शन शुरु भएको हो ।

नगरपालिकाका प्रमुख श्रेष्ठले भन्नुभयो, “नगरपालिकाले मध्यपुर थिमिको कला, संस्कृति र सांस्कृतिक पर्व जोगाउन बजेट नै विनियोजन गरेर अगाडि बढेको छ, वर्षौदेखि मध्यपुरमा प्रदर्शन हँुदै आएको नवदुर्गा नाच पनि सांस्कृतिक धरोहर नै हो, यो रोकिएका कारण नगरपालिकाकै पहलमा आवश्यक सहयोग र खर्च व्यहोर्ने भएपछि नाच सञ्चालनमा आयो ।”

नगरपालिकाका प्रमुख श्रेष्ठ सहितका जनप्रतिनिधिले नाच प्रदर्शन गर्न आग्रह गरेपछि सुरक्षाको व्यवस्था गर्न र आवश्यक खर्च व्यहोर्न माग गरी मध्यपुरथिमिका प्रमुख मदनसुन्दर श्रेष्ठ र वडा नं ४ का अध्यक्ष कुमार श्रेष्ठसँग दुईबुँदे सहमति भएपछि यस वर्षदेखि नवदुर्गा नाच प्रदर्शन गर्न सञ्चालनमा आएको हो ।

मध्यपुरथिमि नगरपालिकामा एक सातासम्म सञ्चालन हुने यो नाच पहिलो दिन हिजो साँझ दिगुटोलबाट शुरु भएर बालकुमारी गएर बालकुमारी सत्तलमा गएर बसेको छ ।

आज बिहानैदेखि बालकुमारीमा नवदुर्गाको पूजा अर्थात द्यो बोयकेगु गर्न स्थानीय बासिन्दाको बालकुमारीमा घुइँचो लागेको छ । आज साँझ लायकु, जाने नवदुर्गा एक सातासम्म दथुटोल, मरुटोल, वामुने, ताचो, तछुटोल, पोवु, चपाचो, नगदेश, बोडे, सूर्यविनायकको दधिकोट, गाम्चासम्म प्रदर्शन हुने गरेको छ । रासस