४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कुखुराको दानाको मूल्य बढ्यो

कुखुराको दानाको मूल्य बढ्यो
अ+ अ-

भरतपुर । कुखुराको दानाको मूल्य बढेको छ । दाना उद्योगीको काठमाडौँमा शुक्रबार सम्पन्न भेलाले आजदेखि लागू हुनेगरी प्रति केजी रु दुई ५० पैसाका दरले मूल्य बढाएको हो ।

दाना उत्पादनमा प्रयोग हुने आवश्यक कच्चा सामग्री र भिटामिनको मूल्य बढेकाले दानाको मूल्य बढाएको दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष रवीन पुरीले बताउनुभयो । कुखुराको दाना बानाउन मकै, भटमास पिना लगायतको कच्चापदार्थ आवश्यक हुन्छ । असीदेखि ८५ प्रतिशत मकै, भटमास र पिना भारतबाट आयात हुने गरेको छ ।

“भटमास नेपालमा भुटेर खानसमेत पुग्दैन”, पुरीले भन्नुभयो’, “सय प्रतिशत नै भटमास पिना भारतबाट आयात गर्नुपर्ने बाध्यता छ ।” नेपालमा उत्पादित मकैले ३० प्रतिशत मात्रै माग पूर्ति गर्ने भएकाले ७० प्रतिशत मकै भारतबाटै आयात गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
“दानाको मूल्य बढेर किसानलाई मार पर्ने कुरा स्वभाविक हो”,पुरीले भन्नुभयो, “यसमा हामीले गर्नसक्ने अवस्था केही छैन्, सरकार नै उत्पादन बढाउनतर्फ लाग्नुपर्छ ।” दाना बनाउन ६० प्रतिशत मकै र २५ प्रतिशत भटमास पिना आवश्यक हुन्छ ।

ब्रोइलर कुखुराको दाना ९बिपिएच० थोक मूल्य प्रतिकिलो ५४ रुपैयाँ ३० पैसाबाट बढेर ५६ रुपैयाँ ८० पैसा पुगेको छ । यस्तै बिबान दाना ५० रुपैयाँ १० पैसाबाट बढेर ५२ रुपैयाँ ३० पैसा पुगेको छ भने बिटु दाना ४९ रुपैयाँ १० पैसाबाट बढेर ५१ रुपैयाँ ६० पैसा पुगेको छ । लेयर्स कुखुराको तीन नम्बरको दाना ४३ रुपैयाँ ४० पैसाबाट बढेर ४५ रुपैयाँ ९० पैसा पुगेको छ । यो समयमा काठमाडौँमा गतवर्ष २६÷२७ रुपैयाँ किलोमा पाइने मकै यसवर्ष ३७ रुपैयाँ प्रतिकिलो पुगेको छ । ढुवानीका कारण चितवनमा एक रुपैयाँ सस्तो अर्थात ३६ रुपैयाँमा पाइन्छ । मकैमा प्रतिकिलो १० रुपैयाँ र प्रतिटन छ हजार रुपैयाँले बढेको छ ।

यसवर्ष मकैको मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै वृिद्ध भएको दाना उद्योग सङ्घका पूर्व अध्यक्ष एवं कुखुरापालन विज्ञ डा तिलचन्द्र भट्टराईले बताउनुभयो । “भारतमा यसवर्ष मकैको मूल्य अकासिएको छ”, उहाँले भन्नुभयो, “विभिन्न देशमा निर्यात गर्ने भारतले यसवर्ष आफैँ मकै आयात गरिरहेको छ ।” दाना उद्योगमा सधैँ भारतको भर पर्नु परेका कारण समस्या सिर्जना हुने गरेको भट्टराईको भनाइ छ ।

यस वर्षदेखि सरकारले दाना उद्योगलाई दिँदै आएको भन्सार छुट हटाएका कारण पनि मूल्य बढेको उहाँले बताउनुभयो । दाना उद्योगलाई कच्चा सामग्री आयातमा पाँच प्रतिशत भन्सारमा ३।६ प्रतिशत छुट दिँदै आएको थियो । सरकारले यस वर्षदेखि भन्सार छुट कटौती गरेपछि कच्चा सामग्री प्रतिकिलो एक रुपैयाँ ५० पैसाले महङ्गो पर्न गएको भट्टराईले बताउनुभयो । सरकारले मकै उत्पादन गर्ने वातावरण बनाउन सके बजारको जिम्मा आफूहरूले लिने उहाँको भनाइ छ ।

नेपालमा दैनिक तीन हजार मेट्रिकटन दाना खपत हुन्छ । गतवर्ष मात्र रु ३० अर्बको मकै, भटमास आयात भएको थियो । नेपालमा साना ठूला गरी एक सय पाँचवटा कुखुराको दाना उद्योग छन् । रासस