२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बर्थिङ सेन्टर’मा प्रसूति गराए पुरस्कार



अ+ अ-


दार्चुला । ब्यास गाउँपालिका–५ ले पहिलो पटक स्थापना गरेको नयाँ ‘बर्थिङ सेन्टर’मा बच्चा जन्माए पुरस्कार दिइने भएको छ ।

धौलाकोट बर्थिङ सेन्टरमा प्रसूति गराउन आकर्षण बढोस् भन्ने उद्देश्यले गाउँपालिकाको रु दश लाख सहयोगमा नयाँ निर्माण गरिएको उक्त सेन्टरमा पहिलो पटक आउनेलाई रु पाँच हजार, दोस्रो पटक आउनेलाई रु तीन हजार र तेस्रो पटक आउनेलाई रु दुई हजार पुरस्कार दिइने निर्णय भएको गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीले जानकारी दिनुभयो ।

बर्थिङ सेन्टरमा आएर बच्चा जन्माउन प्रोत्साहन गराउन गाउँपालिकाले यो रकम दिने निर्णय गरेको हो । नयाँ ठाउँको ‘बर्थिङ सेन्टर’मा गर्भवती महिला सजिलै आउन भनेर पुरस्कारको व्यवस्था गरिएको स्वास्थ्यचौकीका प्रमुख ओमप्रकाश पन्तको भनाइ थियो । उक्त सेन्टरमा प्रसूतिका लागि गर्भवतीलाई ल्याउने स्वास्थ्य स्वयंसेविकालाई समेत गाउँपालिकाले भत्ता उपलब्ध गराउने व्यवस्था गरेको अध्यक्ष बुढाथोकीले बताउनुभयो ।

यसैगरी पहिलो पटक प्रसूतिका लागि उक्त सेन्टरसम्म ल्याउने स्वयंसेविकालाई गाउँपालिकाले रु एक हजार, दोस्रो पटकका लागि रु सात सय र तेस्रो पटकका लागि रु पाँच सय प्रोत्साहन भत्ता दिइने भएको छ ।यस्तै आमा समूलाईसमेत प्रोत्साहन रकम उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । पहिलो पटक प्रसूतिका लागि बर्थिङ सेन्टरमा ल्याउने आमा समूहलाई पनि महिला स्वास्थ्य स्वयंसेविकाकै सरह गाउँपालिकाले भत्ता उपलब्ध गराउने छ ।

यसअघि बर्थिङ सेन्टर नहुँदा धौलाकोटका गर्भवती महिला सुनसेरा, हुती र खलङ्गास्थित जिल्ला अस्पताल आउनुपर्ने बाध्यता थियो । पहिलो पटक गाउँमै प्रोत्साहन रकमसहित बर्थिङ सेन्टर स्थापना भएपछि अहिले नियमित गर्भवती जाँचका लागि महिला आउन थालेको बर्थिङ सेन्टरका अनमी कमला कठायतले बताउनुभयो ।
वडाभर हाल ४५ गर्भवती महिला छन् भने पुसभित्र सुत्केरी हुने महिलाको सङ्ख्या पाँच पुगेको जनाइएको छ । रासस