४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

पत्रकारले अर्जुनदृष्टिले कलम चलाउनुपर्छ

पत्रकारले अर्जुनदृष्टिले कलम चलाउनुपर्छ
अ+ अ-

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णालीको समृद्धिका लागि कर्णालीका पत्रकारले अर्जुनदृष्टिले कलम चलाउनुपर्ने बताउनुभएको छ ।

कर्णाली प्रदेश सरकारको सहयोग र नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशको समन्वयमा राष्ट्रिय समाचार समिति ९रासस० द्वारा आज आयोजित ‘प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षण’को आज यहाँ उद्घाटन गर्दै उहाँले पत्रकारले रचनात्मकरूपले कलम चलाउनुपर्ने तथा आफ्ना समाचारमाथि अनुसन्धान तथा आत्ममूल्याङ्कन गर्नुपर्नेमा जोड दिनुभयो ।

सञ्चारसम्बन्धी हेर्ने मन्त्रालयका मन्त्री भण्डारीले कर्णाली प्रदेश सरकारले कर्णालीमा आमसञ्चार प्रतिष्ठान गठन गर्ने, पत्रकारका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने तथा प्रदेश सरकारले कर्णाली रेडियो, टेलिभजन सञ्चालन गर्ने जानकारी दिँदै सरकारले रासस र नेपाल पत्रकार महासङ्घसँग मिलेर काम गर्ने स्पष्ट गर्नुभयो ।

उद्घाटन समारोहमा राससका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले राससलाई उत्तरदायी, विश्वसनीय र भरपर्दो बनाइने बताउनुभयो । उहाँले लोकतन्त्रलाई सुदृढ गर्न राससलाई समायानुकूल विकास गरिने बताउनुभयो ।

राससका महाप्रबन्धक ओपेन्द्र शर्माले राससलाई समयानुकूल पुनःसंरचना गर्दै निकट भविष्यमा सातै प्रदेशबाट समाचार बुलेटिन प्रकाशन गरिने जानकारी दिनुभयो ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा सहभागी पत्रकारलाई समाचार सङ्कलन र स्थानीय समाचारदाता, नियमित र खोजी रिर्पोटिङ विषयमा प्रशिक्षण सञ्चालन गरिने रासस कर्णाली प्रदेशका संयोजक शुरबहादुर सिंहले जानकारी दिनुभयो ।

त्यस्तै प्रशिक्षणमा समाचार सम्पादन र भाषा, स्थानीयवासीको आँखामा पत्रकारिता, आलेख लेखन र स्रोत तथा संसदीय रिर्पोटिङ, फोटो पत्रकारिता र प्रदेश सञ्चार नीति तथा सूचनाको हकसम्बन्धी प्रशिक्षण दिइने संयोजक सिंहले जानकारी दिनुभयो । मुलुक सङ्घीय संरचनामा गइसकेपछि प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने कर्णाली प्रदेश पहिलो हो ।

उद्घाटन समारोहमा रासस सञ्चालक समितिका सदस्य डिल्लीराम भट्टराई, प्रधानसम्पादक श्यामप्रसाद रिमाल, नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापालगायतको सहभागिता छ । रासस