४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कङ्गोमा स्वतन्त्र मतदान हुने राष्ट्रसंघको विश्वास

कङ्गोमा स्वतन्त्र मतदान हुने राष्ट्रसंघको विश्वास
अ+ अ-

संयुक्त राष्ट्रसंघ । कंगोमा एक हप्ता ढिलागरी हुन लागेको आम निर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा हुने विश्वास संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले व्यक्त गरेको छ ।

परिषदको शनिबार बसेको बैठकले एक हप्ता ढिला हुन लागेको भएपनि त्यो निर्वाचन स्वतन्त्रपूर्वक हुने र कङ्गोली जनताले निष्पक्ष रुपमा हुने निर्वाचनमा भाग लिन पाउने धारणा राखेको बताइएको छ ।

कङ्गोमा गत बिहीबार यहाँको संसद, राष्ट्रपति र प्रान्तीय निर्वाचन हुन लागेको थियो । तर सरकारले भने यहाँको निर्वाचन आयोगको स्टोरमा अगलागी भएर निर्वाचनसँग सम्बन्धित सामग्रीहरु नष्ट भएको भन्दै निर्वाचन यही डिसेम्बर ३० का लागि सारेको हो

निर्वाचन आयोगले अन्तिम समयमा आएर गरेको घोषणाप्रति आफ्नो विश्वास रहेको राष्ट्रसंघले जनाएको छ । तर सो निर्वाचन स्वतन्त्र र निष्पक्ष हुन सकोस् र सबै जना कङ्गोली मतदाताहरुले भयरहित रुपमा मतदान गर्न पाउन् भनी कामना पनि गरेको समाचारमा जनाइएको छ ।

उक्त परिषदले कंगोका नागरिकलाई शान्तिपूर्ण र सौहार्द वातावरणमा निर्वाचनको तयारीमा जुट्न पनि सबैलाई आग्रह गरेको छ । रासस