२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कङ्गोमा स्वतन्त्र मतदान हुने राष्ट्रसंघको विश्वास



अ+ अ-

संयुक्त राष्ट्रसंघ । कंगोमा एक हप्ता ढिलागरी हुन लागेको आम निर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा हुने विश्वास संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले व्यक्त गरेको छ ।

परिषदको शनिबार बसेको बैठकले एक हप्ता ढिला हुन लागेको भएपनि त्यो निर्वाचन स्वतन्त्रपूर्वक हुने र कङ्गोली जनताले निष्पक्ष रुपमा हुने निर्वाचनमा भाग लिन पाउने धारणा राखेको बताइएको छ ।

कङ्गोमा गत बिहीबार यहाँको संसद, राष्ट्रपति र प्रान्तीय निर्वाचन हुन लागेको थियो । तर सरकारले भने यहाँको निर्वाचन आयोगको स्टोरमा अगलागी भएर निर्वाचनसँग सम्बन्धित सामग्रीहरु नष्ट भएको भन्दै निर्वाचन यही डिसेम्बर ३० का लागि सारेको हो

निर्वाचन आयोगले अन्तिम समयमा आएर गरेको घोषणाप्रति आफ्नो विश्वास रहेको राष्ट्रसंघले जनाएको छ । तर सो निर्वाचन स्वतन्त्र र निष्पक्ष हुन सकोस् र सबै जना कङ्गोली मतदाताहरुले भयरहित रुपमा मतदान गर्न पाउन् भनी कामना पनि गरेको समाचारमा जनाइएको छ ।

उक्त परिषदले कंगोका नागरिकलाई शान्तिपूर्ण र सौहार्द वातावरणमा निर्वाचनको तयारीमा जुट्न पनि सबैलाई आग्रह गरेको छ । रासस