२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘डिजिटल प्रविधिले बैङ्किङ क्षेत्रमा सहजता’



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले डिजिटल प्रविधिको विकाससँगै बैङ्किङ क्षेत्रलाई सहज बनाएको बताउनुभएको छ ।

बैङ्किङ, फाइनान्स एण्ड इन्सुरेन्स अफ नेपालले आज यहाँ आयोजना गरेको डिजिटल प्रविधिले मानव जीवनमा ल्याएको परिवर्तन विषयक कार्यक्रममा उहाँले डिजिटल प्रविधिलाई प्रभावकारी ढङ्गबाट प्रयोग गर्न सके बैङ्किङ क्षेत्रको आर्थिक उन्नतिमा लाभ हुनसक्ने उल्लेख गर्नुभयो । मानवीय अर्थतन्त्र र प्रविधि एकअर्काको परिपूरकको रुपमा रहेको उहाँको भनाइ छ ।
नेपाल बैङ्कर्स एशोसियशनका प्रमुख ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले डिजिटल प्रविधिको विकाससँगै चुनौती थपिएकाले बैङ्किङ क्षेत्रलाई सहज हुन आग्रह गर्नुभयो । “प्रविधिका बारेमा बैङ्किङ क्षेत्रमा काम गर्ने सबै कर्मचारीलाई ज्ञान नहुनु आजको सबैभन्दा ठूलो चुनौती हो”, उहाँले भन्नुभयो । सो अवसरमा नेपाल तथा भारतका विभिन्न बैङ्क तथा इन्सुरेन्स कम्पनीका प्रतिनिधिले डिजिटल माध्यमबाट मानवीय क्षेत्रमा आएको सकारात्मक तथा नकारात्मक परिवर्तनका बारेमा छलफल गरेका थिए । रासस