२२ भाद्र २०८३, सोमबार
,
Latest
‘जेन्जीआन्दोलका सहिदको सुशासन र भ्रष्टाचार अन्त्यको सपना पूरा होस’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले माग पूरा गर्न अधिकतम प्रयास गर्नुभयो, अब देउवाको पालो : महन्थ



अ+ अ-

चितवन । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना माग पूरा गर्न अधिकतम प्रयास गरेको बताउनुभएको छ । 

चितवनको नारायणी नदी किनारमा सुरु भएको नेकपा एमाले १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा उहाँले मधेश आन्दोलनसँग जोडिएका मागहरु पूरा गराउन अत्यधिक प्रयास गरेकामा एमाले अध्यक्ष ओलीलाई धन्यवाद दिनुभयो ।

ओलीले मधेश आन्दोलका क्रममा जेल परेका आफ्ना पार्टीका केही साथीलाई रिहा गरेको भन्दै उहाँले बाँकी माग पूरा गर्न वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गर्नुभयो ।