२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सौर्य सिमेन्ट उद्योगको खानीमा आगोलागी, ट्यांकर र स्काभेटर जलेर पुर्ण रुपमा क्षति



अ+ अ-


उदयपुर । सौर्य सिमेन्ट उद्योगको खानीमा रोकेर राखेको ट्यांकर र स्काभेटर आगोलागि भएको छ । गएराति आगलागी हुँदा ट्यांकरको तेल र २ स्काभेटर जलेर पुर्ण रुपमा क्षति भएको हो ।

कटारी नगरपालिका ८ गालटारस्थित सिमेन्टको चुनढुंगा खानीमा रोकेर राखेको ना१ क ८९७७ नं. को डिजेलसहितको ट्यांकरमा ट्यांकरमा रहेको ६ हजार लिटर डिजेल, नजिकै रहेका २ वटा ड्रमको ४ सय ६० लिटर डिजेल र आसपासमै रहेका २ वटा कोमात्सु कम्पनीका स्काभेटर समेत जलेर पूर्णरुपमा नष्ट भएको हो प्रहरीले जनाएको छ ।

उक्त आगलागीबाट ३ करोड बराबरको क्षति भएको प्रहरी मुचुल्का तयार भएको छ। आगो के कारण लाग्यो भन्ने विषय खुल्न नसकेको प्रहरीले बताएको छ ।