२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

खैरो हेरोइन सहित ३ जना पक्राउ



अ+ अ-


दमक । प्रहरीले झापा र सुनसरीबाट खैरो हेरोइन सहित ३ जनालाई पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषध खैरो हेरोइनसहित ४८ वर्षीय लक्ष्मीप्रसाद भट्टराई र भारतको दार्जिलिङ बतासे बस्ने ५५ वर्षीय खेमल मण्डललाई पक्राउ गरेको हो।

साँझ ५ बजेको समयमा लागूऔषध कारोवार भरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको चेकजाँच गर्ने क्रममा १९ ग्राम ५ सय मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला परेको थियो।

त्यसैगरी सुनसरीको धरान उप–महानगरपालिका–८ भोटेपुलबाट प्रहरीले लागूऔषधसहित सोही स्थान बस्ने ३७ वर्षीय बिशाल बिश्वकर्मालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई चेकजाँच गर्ने क्रममा लागूऔषध स्पास्मोप्रोक्सिभन ५ सय ४ एम्पुल र २ सय ग्राम गाँजा फेला पारी बरामद गरेको हो