२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नातावाद, कृपावाद र निगाह अब चल्दैन : पौडेल



अ+ अ-

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अब कांग्रेसमा नातावाद, कृपावाद र निगाह नचल्ने बताएका छन्। आइतबार तनहुँको सत्यवती माध्यमिक विद्यालयको वार्षिकोत्सव उद्घाटन गर्न पुगेका पौडेलले नातावाद र कृपावादले पार्टी कमजोर बनाएको भन्दै यसको अन्त्य हुने उल्लेख गरेका हुन् ।

आफ्नो पन र चाकडिले क्षमतावान् कार्यकर्तालाई नेतृत्वमा नपुर्याएको पार्टि कमजोर बनेको ठोकुवा समेत गरेका छन् । ‘अब पार्टी र संगठनका लागि दुःख गरेका क्षमतावान् साथीहरू नेतृत्वमा जान पाउनुहुन्छ,’ पौडेलले पत्रकारहरूसँग भने, ‘नेताको निगाह र कृपा कुरिराख्नुपर्दैन।’

‘पार्टीको तलदेखि माथिसम्मका निकाय समावेशी बनाइएको छ, निर्वाचित पनि,’ उनले भने।
महासमिति बैठकले पार्टीभित्रका कमजोरीहरू पहिचान गर्न सहयोग पुर्‍याएको बताउँदै पौडेलले अब पार्टीलाई जनमुखी बनाउने पनि बताए।