१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुंगेधारा खोज्दै नयाँ पुस्ता राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

नातावाद, कृपावाद र निगाह अब चल्दैन : पौडेल



अ+ अ-

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अब कांग्रेसमा नातावाद, कृपावाद र निगाह नचल्ने बताएका छन्। आइतबार तनहुँको सत्यवती माध्यमिक विद्यालयको वार्षिकोत्सव उद्घाटन गर्न पुगेका पौडेलले नातावाद र कृपावादले पार्टी कमजोर बनाएको भन्दै यसको अन्त्य हुने उल्लेख गरेका हुन् ।

आफ्नो पन र चाकडिले क्षमतावान् कार्यकर्तालाई नेतृत्वमा नपुर्याएको पार्टि कमजोर बनेको ठोकुवा समेत गरेका छन् । ‘अब पार्टी र संगठनका लागि दुःख गरेका क्षमतावान् साथीहरू नेतृत्वमा जान पाउनुहुन्छ,’ पौडेलले पत्रकारहरूसँग भने, ‘नेताको निगाह र कृपा कुरिराख्नुपर्दैन।’

‘पार्टीको तलदेखि माथिसम्मका निकाय समावेशी बनाइएको छ, निर्वाचित पनि,’ उनले भने।
महासमिति बैठकले पार्टीभित्रका कमजोरीहरू पहिचान गर्न सहयोग पुर्‍याएको बताउँदै पौडेलले अब पार्टीलाई जनमुखी बनाउने पनि बताए।